ओलम्पिकमा पदक जित्ने भारतीय महिला हकी टोलीको सपना चकनाचुर

भारतको महिला हकी टोलीको टोकियो ओलम्पिकमा पदक जित्ने सपना चकनाचुर भएको छ । काँस्य पदका लागि भएको खेलमा भारत बेलायतसँग ३–४ गोलले हरायो । निकै प्रतिस्पर्धात्मक खेलको दोस्रो क्वार्टरमा भारतले ३–२ को अग्रता बनाएको थियो । तर, भारतले आफ्नो अग्रता कायम गर्न सकेन । बेलायतले तेस्रो र चौथो क्वार्टरमा १५ मिनेटको अन्तरमा दुई गोल गर्दै खेल आफ्नो पक्षमा पार्यो ।भारतीय टोलीले प्रतियोगितामा राम्रो प्रदर्शन गरेको थियो । पहिलोपटक सेमिफाइनलमा पुग्दै इतिहास रच्यो । टोलीले यसअघि मात्र २ पटक ओलम्पिक ख