काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले आज अर्को चरणको आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ। प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको प्रचण्ड नेपाल समूहले दिउँसो पत्रकार सम्मलेन मार्फत अर्को चरणको आन्दोलनको घोषणा गर्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। दिउँसो २ बजे पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा पत्रकार सम्मलेनको आयोजना गरिएको श्रेष्ठले बताए। गत पुस ५ गते प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछ