एमाले र माओवादी मिलेपछि कांग्रेसले भ्रमको खेती गर्न थालेको छ: मुख्यमन्त्री पोख्रेल

दाङ - प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले अब अस्थिरताबाट देश चल्न नसक्ने बताउनुभएको छ ।  प्रेस चौतारी नेपाल र प्रेस सेन्टर दाङले बुधबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले सरकारका काममा निरासाको खेती गरेर अस्थिरता ल्याउन खोजेको भन्दै अब त्यस्तो सपना नदेख्न आग्रहसमेत गर्नुभयो । ...