हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु लाग्नेछ । महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक रूपमा बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । त्यसैगरी, आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु […]
नोबेल इन्स्टिच्युटले पदक हस्तान्तरण गर्न नसकिने बताए पनि यो प्रतीकात्मक घटना असाधारण छ। मचाडोले गत महिना नर्वेमा पुरस्कार ग्रहण गरेकी थिइन् र त्यसअघि भेनेजुएलामा भूमिगत रूपमा बसेकी थिइन्। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले मचाडोलाई ‘साहसी आवाज’ भने पनि ट्रम्पको विचार नबदलेको र ‘यथार्थपरक मूल्यांकन’ भएको बताइन्।
शिक्षकले कक्षाकोठामा सात वर्षीय सुरेशलाई ‘चराको चित्र बनाऊ’ भन्नुभयो। उनले चराको साटो अनौठो मेसिनको चित्र बनाए, जसमा पांग्राहरू पनि थिए। शिक्षकले चित्र हेर्दै भन्नुभयो, ‘सुरेश, तिमीले यो के बनायौ? यो त चरा होइन।’ सुरेश मुस्कुराउँदै भन्छन्, ‘सर, यो चरा नै हो, यसले अचेल हिँड्न बिर्सेको हुनाले पांग्रा चाहिएको छ।’ राम्रो कविता वाचन गर्ने वा हिसाब […]
गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका कृषि विकास शाखाको आयोजनामा बिहीबार पोखरामा बृहत् कन्दमूल प्रदर्शनी गरिएको छ । युवा पुस्तालाई घर तरुल, वन तरुल, गिट्ठा भ्याकुर, सिमल तरुल, सखरखण्ड, पिँडालु, ओललगायत कन्दमूलबारे जानकारी गराउने उद्देश्यका साथ पोखरा–१७ स्थित ढुुङ्गेसाँघुमा प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीमा २५ किसिमका कन्दमूल राखिएका थिए । […]
चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै सूत्रमा बाँध्दै सिरहाको लहान नगरपालिका–१५ मा रहेको ‘गोसाइ डाँडा ताल’ अहिले आन्तरिक पर्यटकको नयाँ आकर्षण बन्दै गएको छ।