काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्वद्ध विद्यार्थी संगठनले पृथ्वी जयन्तीमा भएको घरपकडलाई राज्य आतंकको संज्ञा दिँदै दोषीमाथि कारवाहीको माग गरेको छ ।
‘राप्रपाका अध्यक्ष एवं राष्ट्रवादी आन्दोलनका सर्वोच्च शिखरपुरुष, नैतिकवान नेता पशुपति शम्शेर जबरामाथि भएको धरपकड अराजनैतिक, राज्य आतंक भएको’ राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन संयुक्तले मंगलबार एक विज्ञप्ति जारी गर्दै बताएको छ ।
राष्ट्रवादी आन्दोलन तुहाउने कुचेष्टा नगर्न र ज्यादती अविलम्ब बन्द गर्न राप्रपानिकट विद्यार्थी संगठनले सरकारलाई चेतावनी दिएको ...