माओवादीको अधिवेशन सकियो , २३६ जना केन्द्रीय सदस्यमा प्रचण्ड कै प्रस्ताव पारित

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले २३६ केन्द्रीय सदस्यको नाम पारित गरेपछि आज साँझ पार्टीको महाधिवेशन सकिएको हो। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको २३६ जना केन्द्रीय सदस्यलाई बन्द सत्रले अनुमोदन गरेपछि पार्टीको महाधिवेशन सकिएको हो। प्रचण्डको प्रस्तावमा सहमति नजुटेको भए भोलि निर्वाचन गर्ने पार्टीको तयारी थियो ।  आज अध्यक्ष प्रचण्डले समानुपातिक तर्फ १२५ र खुलातर्फ १११ जना गरि प्रचण्डले जम्मा २३६ जनाको नाम केन्द्रीय सदस्यमा प्रस्तुत गरेका थिए । बन्द सत्रले प्रचण्ड कै प्रस्ताव अनुमोदन गरेको हो।  माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुने व्यवस्था छ। बाँकी ६३ सदस्य भने केन्द्रीय समितिको बैठकले मनोनयन गर्ने छ। अब सोमबार बस्ने केन्द्रीय समितिको बैठकले १५ सदस्यीय पदाधिकारी चयन गर्ने छ । जसमा १ जना अध्यक्ष, १ जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, १ जना महासचिव, २ जना उपमहासचिव, ३ जना सचिव र १ जना कोषाध्यक्ष रहने छन् । 

सम्बन्धित सामग्री

प्रचण्ड–नेपाल समूहको भेला सकियो : संसद्को अधिवेशन बोलाउन माग (निर्णयहरूसहित)

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एवं नेता माधवकुमार नेपाल पक्षको बानेश्वरमा बसेको भेला सकिएको