२ दिन कनेक्ट आईपीएस र कर्पोरेट पेको सेवा बन्द हुने

२ दिन कनेक्ट आईपीएस र कर्पोरेट पे प्रणालीहरूको सेवा बन्द हुने भएको छ । शुक्रबार र आईतबार साँझ ५ बजेदेखि ७ बजेसम्म कनेक्ट आईपीएस र कर्पोरेट पे प्रणालीहरूको सेवा बन्द हुने भएको हो ।  नेपाल क्लियरिङ हाउस लिमिटेडको डेटा सेन्टर अपग्रेड तथा माइग्रेसन गर्नुपर्ने भएकाले शुक्रबार २ घण्टा र आईतबार २ घण्टा सेवा बन्द हुने कम्पनीले जानकारी दिएको छ ।  नेपाल क्लियरिङ हाउस नेपाल...

सम्बन्धित सामग्री

सेन्ट्रल फाईनान्सद्वारा विद्यालयलाई कम्प्युटर सामग्री वितरण तथा आर्थिक सहयोग

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडले भक्तपुर नगरपालिकाका विद्यालयहरूलाई कम्प्युटर सामग्री तथा आर्थिक सहयोग वितरण गरेको छ ।  फाईनान्सको भक्तपुर शाखाले भक्तपुर नगरपालिकाको वडा नम्बर १० मा रहेको हंसबाहिनी आधारभुत विद्यालय र वडा नम्बर ९ मा रहेको ब्रम्हाचारिणी आधारभुत विद्यालयमा एक–एक थान कम्प्युटर, थ्री इन वन प्रिन्टर तथा युपीएस वितरण गरेको छ । साथै ब्रह्मायणी आधारभुत विद्यालयलाई फल्स सिलिङको लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको फाईनान्सले जानकारी दिएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाको भक्तपुर शाखा प्रमुख कान्छी मैंया प्रजापतिले उक्त सामग्रीहरू विद्यालयलाई हस्तान्तरण गरिन् ।  नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतप्राप्त वित्तीय संस्थाको रूपमा २६ वर्षदेखि गुणस्तरीय बैंकिङ सेवा दिँदै आएको यस संस्थाको कुपण्डोलस्थित केन्द्रीय कार्यालयसहित १९ वटा शाखा र भक्तपुरको सल्लाघारीमा एक (१) एक्सटेन्सन काउन्टर सञ्चालनमा छ । संस्थाले सेन्ट्रल स्मार्ट मोबाइल बैंकिङ्ग एप, एटीम डेबिट कार्ड, चेक क्लियरिङ्ग, आईपीएस, कनेक्ट आईपीएस, कर्पोरेट पे, RTGS, Merchant QR Payment, QR Teller, रेमिट्यान्स सेवा, सी–आस्वा जस्ता आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

सेन्ट्रल फाईनान्सद्वारा डष्टबिन सहयोग

काठमाडौं। सेन्ट्रल फाईनान्स लिमिटेड सिमरा शाखाले बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित थानीमाई तथा दुर्गा मन्दिर, वडा नं २ स्थित पशुपतिनाथ तथा छठ्ठीमाई मन्दिर र गढीमाई तथा सिद्धेश्वर महादेव मन्दिरमा डष्टबिन उपलब्ध गराएको छ । संस्थाका शाखा प्रमुख सन्तोष कार्कीले ती मन्दिरका व्यवस्थापन समिति अध्यक्षलाई डष्टबिन हस्तान्तरण गरेका हुन् । संस्थाले कुपण्डोलस्थित केन्द्रीय कार्यालयसहित १९ शाखा र एक एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ । सेन्ट्रल स्मार्ट मोबाइल एप, एटीएम डेबिट कार्ड, चेक क्लियरिङ, आईपीएस, कनेक्ट आईपीएस, कर्पोरेट पे, क्यूआर पेमेन्ट, रेमिट्यान्स सेवा, सी–आस्बा जस्ता सेवा संस्थाले दिँदै आएको बताइएको छ ।

यूनियन लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नवीकरणमा शत प्रतिशत ब्याज छूट

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा ब्याज छूट दिने भएको छ । कम्पनीबाट जारी भएका बीमालेखहरूको नियमित रूपमा नवीकरण बीमाशुल्क भुक्तानी नगरी व्यतित अवस्थामा रहेका बीमालेखहरूको पुनर्जागरण गराउँदा लाग्ने ब्याजमा आवश्यक प्रक्रिया पूरा गरी २०८० साल वैशाख ६ गतेदेखि वैशाख २० गतेसम्ममा पुनर्जागरण गर्दा लाग्ने बीमाशुल्क ब्याजमा शत प्रतिशत छूट प्रदान गरिएको कम्पनीले जनाएको छ । साथै पुनर्जागरण भएका बीमालेखहरूअन्तर्गत जोखिम वहन हुने कम्पनीबाट प्रदान गरिने बोनससमेत प्राप्त हुने जानकारी कम्पनीले दिएको छ । सो सम्बन्धी जानकारीका लागि कम्पनीको कर्पोरेट तथा नजीकको शाखा तथा उपशाखा कार्यालयहरूमा सम्पर्क गर्न अनुरोध गरेको छ । यो छूट बीमा अवधिभर एक पटक मात्रै प्राप्त हुने कम्पनीले जनाएको छ । त्यस्तै कनेक्ट आईपीएस, खल्ती, ईसेवा र सेलपेमार्फत बीमाशुल्क भुक्तानी गर्न सकिने समेत कम्पनीले जानकारी गराएको हो ।

अनलाइनबाट बीमा सर्भेयर तथा अभिकर्ताको इजाजतपत्र नवीकरण

काठमाडौं (अस) । बीमा समितिअन्तर्गत बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण डिजिटल माध्यमबाट हुने भएको छ । उक्त सेवाको बीमा समिति अध्यक्ष सूर्यप्रसाद सिलवालले सुरुआत गरे । यसअन्तर्गत समितिलाई गरिने वार्षिक इजाजतपत्र नवीकरणको भुक्तानीका निम्ति काउन्टरमा लाइन बस्नुपर्ने बाध्यता अन्त्य भएको छ ।  अनलाइनबाटै एनसीएचएलको कनेक्ट आईपीएस र मोबाइल एप तथा कर्पोरेट पे प्रणालीमार्फत आफ्नो बैंक, वित्तीय संस्थाको खाताबाट भुक्तानी गर्न सकिनेछ । विद्युतीय माध्यमबाट नवीकरण शुल्कलगायत भुक्तानीसम्बन्धी कारोबार नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट गर्न केही समयअघि बीमा समितिले एनसीएचएलसँग नेशनल पेमेन्ट स्वीचअन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेससँग जोडिने सम्झौता भएको थियो । उक्त सम्झौताअनुरूप पहिलो चरणमा अभिकर्ता तथा सर्भेयरको इजाजतपत्र नवीकरणको भुक्तानी सेवा अनलाइनबाट गर्न सकिनेछ । पछिल्लो चरणमा समितिका सेवाशुल्क, बीमा कम्पनी दर्ता तथा वार्षिक नवीकरण शुल्क, बीमा सर्भेयर तथा अभिकर्ता दर्ता, प्रमाणपत्र तथा तालिम शुल्क, तलब, भेन्डर भुक्तानीलगायत विभिन्न कारोबार बैंक खाताबाट सोझै गर्न सक्ने गरी काम अघि बढाइएको समितिले बताएको छ । एनसीएचएलमा आबद्ध भुक्तानी सेवाप्रदायकका वालेटबाट समेत उक्त भुक्तानी गर्न मिल्ने गरी नेशनल पेमेन्ट स्विचअन्तर्गतको बिलर गेटवेमा जोडिने कार्य भइरहेको समितिको भनाइ छ । अभिकर्ता तथा सर्भेयरको इजाजतपत्र नवीकरण भुक्तानीका लागि प्रयोगकर्ताले कनेक्ट आईपीएस वा मोबाइल एपमा लग–इन गरी आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी प्रणालीमा रहेको समितिको इमेल छनोट गर्नुपर्नेछ । त्यसपछि आफ्नो भुक्तानीआवश्यकताअनुरूप एजेन्ट पेमेन्ट वा सर्भेयर पेमेन्ट छनोटलगायत सेवा लिन सीधै बैंक वित्तीय संस्थाको खाताबाटै सजिलै भुक्तानी गर्न सकिनेछ ।

कृषि विकास बैंकको क्यूआर टेलर सेवा

काठमाडौं (अस) । कृषि विकास बैंकले क्यूआर टेलर सेवा सुरु गरेको छ । बैंकको ५५ औं वार्षिकोत्सव अवसरमा प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कर्पोरेट बैंकिङ कार्यालय रामशाहपथमा क्यूआर टेलरबाट कारोबार गरी यो सेवा सञ्चालनको घोषणा गरे । कार्यक्रममा उप–महाप्रबन्धक प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने, ध्रुवचन्द्र गौतम, दीर्घबहादुर अर्याल, बाबुकाजी थापा, विभागीय प्रमुख अजयकुमार रिमाल, पप्पुबाबु श्रेष्ठ, सुन्दरप्रसाद खतिवडा, सरोजकुमार साह तथा डिजिटल बैंकिङ विभागका वरिष्ठ शाखा प्रमुख प्रज्ज्वल भट्टराईलगायत अन्य कर्मचारीको उपस्थिति थियो । बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले चेकबिनै सहज तथा सुरक्षित रूपमा क्यूआर टेलरबाट क्यूआर स्क्यान गरी आफ्नो खाताको रकम भुक्तानी लिन सक्नेछन् । बैंकले ग्राहक आवश्यकताअनुसार अत्याधुनिक बैंकिङ सेवा मोबाइल बैंकिङ, अलर्ट बैंकिङ, इन्टरनेट बैंकिङ, आन्तरिक रेमिट्यान्स, एजेन्सी रेमिट्यान्स, स्विफ्ट, कार्ड, एटीएम, इसीसी, आईपीएस, कनेक्ट आईपीएस, सी–आस्बा, डिम्याटलगायत विभिन्न सेवा सञ्चालन गरिरहेको छ ।

एनसीएचएललाई डिजिटल सर्भिसेस विधाको आईसीटी अवार्ड

लिभिङ विथ आईसीटी द्वारा बार्षिक रुपमा आयोजना गरिदै आएको आईसीटी अवार्ड २०२१ बाट नेपाल क्लियरिङ्ग हाउस लि. (एनसीएचएल) सम्मानित भएको छ ।  एनसीएचएलले 'Digital Services ICT Awards 2021' विधाको अवार्ड पाएको हो ।  पौष २ गते आयोजन गरिएको उक्त अवार्ड समारोहमा १२ वटा विधा रहेकोमा आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण योगदान प्रदान गर्ने सर्वोत्कृष्ट व्यक्तित्व, संस्था एवम् प्रोडक्टलाई अवार्ड प्रदान गरिएको हो, जस अन्तर्गत डिजिटल सर्भिसेसको विधामा एनसीएचएलले अवार्ड प्राप्त गरेको हो । डिजिटल रुपान्तरणका लागि प्रमुख भूमिका निर्वाह गर्न आवश्यक भुक्तानीका पूर्वाधारहरु स्थापना र सञ्चालन गरी विद्युतीय कारोबारको सहजीकरणको कार्यमा एनसीएचएलले पुर्याउँदै आएका महत्वपूर्ण योगदानहरुको सम्मान स्वरुप उक्त अवार्ड प्रदान गरिएको हो । भुक्तानी पूर्वाधारहरु निर्माण गरी साझेदारी र सहकार्यको अवधारणामा एनसीएचएलले विद्युतीय चेक क्लियरिङ्ग , अन्तर्बैंक विद्युतीय भुक्तानी, कनेक्ट आईपीएस, आरटिगिएस, कर्पोरेट पे लगायतका राष्ट्रिय भुक्तानी प्राणालीहरु सञ्चालन गरी डिजिटल पेमेन्टको सेवा पु¥याउदै आएको छ । एनसीएचएलले आर्थिक वर्ष २०७७÷७८ मा १३० खर्ब बराबरको विद्युतीय कारोबार फर्छ्यौट गरेको थियो भने यस आर्थिक वर्षको मंसिर मसान्तसम्म ६५ खर्ब भन्दा बढीको कारोबार फर्छ्यौट गरेको छ, जस अन्तर्गत नेपाल सरकारको विभिन्न निकायहरु, संस्थानहरु, पुँजी बजार, बीमा, रेमिटेन्स, ठूला संस्थाहरु लगायतका विभिन्न रिटेल भुक्तानीका कारोबारहरुलाई सहजीकरण गर्दै आएको छ ।  हालै विद्युतिय भुक्तानीका उपकरणको प्रयोगलाई सहज, सुलभ र सुरक्षित बनाउन भुक्तानी कार्ड, रिटेल पेमेन्ट, क्युआर लगायतका विद्युतिय भुक्तानीका माध्यम बीच अन्तरआबद्धता कायम गर्दै नेपाल भित्र हुने कारोबारको भुक्तानी र फरफारक गर्न तथा नेपालको आफ्नै भुक्तानी कार्ड समेत प्रयोगमा ल्याउन एनसीएचएलले नेशनल पेमेन्ट स्वीचको कार्यान्वयन समेत थालनी गरेको छ ।  यस अवार्डले आफूले गर्दै आएका काम प्रति थप जिम्मेवारी बोध गराएको र उक्त कार्यलाई निरन्तरता दिन र नयाँ इनोभेटिभ प्रोडक्टहरुको विस्तार गर्न थप प्रोत्साहित गरेको कम्पनीले जनाएको छ ।

समृद्धि फाइनान्स र फेवा बजार बीच कन्जुमर ईएमआई कर्जा प्रवाह गर्ने सम्झौता

भदौ १, काठमाण्डौ। समृद्धि फाइनान्स कम्पनी लिमिटेड र फेवा बजार बीच कन्जुमर ईएमआई कर्जा प्रवाहसम्बन्धी सम्झौता भएको छ। अब ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको सामग्री खरीदमा जिरो प्रतिशत ब्याजदरमा फेवा बजार तथा फाइनान्स कम्पनीका ग्राहकले ६ महीनादेखि ३६ महीनासम्मका लागि कर्जा सुविधा पाउनेछन्। सो सम्झौतापत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र फेवा बजारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजन आर्चायले हस्ताक्षर गरेका हुन्।  फाइनान्स कम्पनीका बजार तथा व्यवसायक प्रवर्द्धन प्रमुख शालिकराम पन्थीका अनुसार उक्त कर्जा बैंकका नयाँ तथा पुराना ग्राहकलाई ध्यानमा राख्दै शुरु गरिएको हो । उक्त कर्जाले ग्राहकहरुलाई आवश्यक इलेक्ट्रिक ग्याजेट तथा घरायसी सामग्री खरीद गर्न सहज हुने कम्पनीले बताएको छ । कम्पनीले आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड कर्पोरेट पेजस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ। निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जालगायतका कर्जा प्रवाह गरिरहेको छ।  हाल पाँच ओटा शाखाहरुमार्फत कारोबार गर्दै आएको उक्त कम्पनीले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको बताएको छ ।

समृद्धि फाइनान्सका ग्राहकलाई कर्पोरेट पे सुविधा

काठमाडौं (अस) । समृद्धि फाइनान्स कम्पनीले आफ्ना ग्राहकलाई कर्पोरेट पे सुविधा उपलब्ध गराउने भएको छ । यो सुविधा प्रयोग गर्दै ग्राहकले रकम ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, राजस्व तथा अन्य भुक्तानी गर्न सक्नेछन् । फाइनान्सले ग्राहकलाई मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड, अनलाइन खाता खोल्ने डिजिटल सुविधा र आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स,क्लियरिङलगायत बैंकिङ सुविधा दिइरहेको छ । हाल पाँच शाखामार्फत कारोबार गर्दै आएको संस्थाले छिट्टै थप नयाँ शाखा सञ्चालनमा ल्याउने योजनाबनाएको छ । कम्पनीले भविष्यमा इन्टरनेट बैंकिङ तथा अनलाइनबाटै ग्राहक पहिचान विवरण प्रविधिमा आधारित सेवा सञ्चालनमा ल्याउने बताएको छ ।

समृद्धि फाइनान्सले ल्यायो कर्पोरेट पेको सुविधा

साउन ८, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले कर्पोरेट पे सुविधा प्रदानगर्ने व्यवस्था शुरु गरेको छ । कम्पनीले साउन ८ गतेदेखि शुरु गरेको उक्त सुविधा अन्तर्गत अवदेखि ग्राहकले रकम ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, राजस्व भुक्तानी तथा अन्य भुक्तानीहरु गर्न सक्ने छन् ।  नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजतपत्र प्राप्त उक्त कम्पनीले हालको डिजिटल युगलाई आत्मसाथ गर्दै ग्राहकहरुलाई मोवाइल बैंकिङ्ग, डेबीटकार्ड, क्यूआर कोड, अनलाइनखाता खोल्नेजस्ता डिजिटल सुविधार आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स,क्लियरिङ्ग लगायतका बैंकिङ्ग सुविधाहरु प्रदान गरिरहेको छ । हाल पाँच आटाशाखाहरु मार्फत कारोबार गर्दै आएको उक्त  कम्पनीले आगामी दिनमा थप नयाँशाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको बताएको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको उक्त कम्पनीले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्नवर्ग कर्जा, व्यवसायकर्जा, व्यक्तिगतकर्जा,कोभिड रिलिफकर्जा लगायतका कर्जा प्रवाह गरिरहेको बताएको छ । साथै निकट भविष्यमा इन्टरनेट बैंकिङ्ग तथा अनलाइनबाटै ग्राहक पहिचान विवरण भर्ने लगायतको प्रविधिमा आधारित सेवाहरु पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीले बताएको छ ।