उत्पादनशील क्षेत्रमा लगानीकर्ताको आकर्षण बढाइने

काठमाडौं : सरकारले पुँजी बजारको विकास तथा विस्तारका लागि लगानीकर्तालाई उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उक्त कुरा बताएकी हुन्। संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सम्बोधन गर्दै राष्ट्रपतिले पुँजी बजारको विकास र विस्तारका लागि उत्पादनशील क्षेत्रमा लगानीकर्ताको आकर्षण वृद्धि र नियामक निकायको क्षमता अभिवृद्धि गरिने उल्लेख गरिन्। त्यस्तै आगामी आ

सम्बन्धित सामग्री

पूँजीबजार नियामकको क्षमता बढाइने

काठमाडौं । सरकारले पूँजीबजारको विकास र विस्तारका लागि नियामकको क्षमता बढाउने घोषणा गरेको छ । मंगलवार आगामी आर्थिक वर्ष २०७९/८० को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले पूँजीबजारलाई उत्पादनसँग  जोड्ने बताउनुभयो ।  उत्पादनशील क्षेत्रमा  लगानीकर्ताको आकर्षण बढाइने समेत नीति तथा कार्यक्रममा उल्लेख छ । पूँजीबजारको नियमन पूर्ण रूपमा नेपाल धितोपत्र बोर्डले गरिरहेको छ । नेपाल राष्ट्र बैंक, विद्युत् नियमन आयोग, बीमा समिति पनि पूँजीबजारमा कुनै न कुनै रूपमा नियामकीय भूमिका निर्वाह गरिरहेका छन् । जलविद्युत् कम्पनीहरूले आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिनुपूर्व विद्युत् नियमन आयोगको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ । त्यस्तै बीमा कम्पनीहरुले पूँजी वृद्धि गर्नुपर्दा बीमा समितिमा स्वीकृत गराई बोर्डमा प्रक्रिया अघि बढाउने व्यवस्था छ । बैंक तथा वित्तीय संस्थाको पूँजी बढाउने निर्णयको स्वीकृति पनि पहिला राष्ट्र बैंकले दिनुपर्ने व्यवस्था छ । यो सन्दर्भमा कुन नियामकको क्षमता बढाउन सरकारले जोड दिएको हो भन्ने नीति र कार्यक्रममा खुलेको छैन । एक जानकार लगानीकर्ताले नाम नबताउने शर्तमा भने, ‘सरकारले पूँजीबजारको नियामक निकायको क्षमता अभिवृद्धि गर्दा यी सबै निकायलाई ध्यान दिन जरुरी छ । यी निकायहरूबीच एकआपसमा समन्वय हुन समेत आवश्यक छ ।’ अहिले विद्युत् नियमन आयोगले धेरै जलविद्युत् कम्पनीहरूलाई आईपीओको पूर्वस्वीकृति दिएको भन्दै उनले नियमनकारी निकायबीच समन्वय नहुँदा कतिपय जलविद्युत् कम्पनीहरू लामो समयदेखि बोर्डमा स्वीकृतिको पर्खाइमा रहेको उल्लेख गरे । कम्पनीहरूलाई आईपीओको स्वीकृति दिनु आवश्यक छ/छैन, के कस्ता मापदण्ड छन् भन्ने विषयमा विद्युत् नियमन आयोग र बोर्डबीच समन्वय भएको खण्डमा कम्पनीहरू लामो समय स्वीकृतिको पर्खाइमा बस्नुपर्ने अवस्था नआउने उनको तर्क छ । यस्ता समस्या आगामी दिनमा नआउने गरी सरकारले पूँजीबजारका नियामक निकायको क्षमता बढानुपर्ने उनले सुझाए । यस वर्षको नीति तथा कार्यक्रममा पूँजीबजारका लागि नयाँ कुरा नभएको नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको बुझाइ छ । पूँजीबजारको अभिभावक नियामक निकायहरुको क्षमता अभिवृद्धि गर्ने सरकारको नीतिलाई भने उनले सकारात्मक रूपमा दिएकी छिन् । नीति तथा कार्यक्रममा धेरै विषय उल्लेख नभए पनि आगामी बजेटले पूँजीबजारका धेरै मुद्दा सम्बोधन गर्नेमा उनी विश्वस्त छिन् । बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, शेयर धितो कर्जामा लगाइएको सीमामा पुनर्विचार गर्नुपर्ने र पूँजीगत लाभकर घटाउनुपर्ने मागलाई पनि आगामी बजेटले सम्बोधन गर्ने पोखरेलले गरेकी छिन् ।

पुँजी बजारको विकास लागि उत्पादनशील क्षेत्रमा लगानीकर्ताको आकर्षण बढाइने

सरकारले पुँजी बजारको विकास तथा विस्तारका लागि लगानीकर्तालाई उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने भएको छ।...