काठमाण्डौ – कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ सफल बनाउन त्यहाँ रहेको नेपाली दूतावासले नेपाली समुदायसँग अपिल गरेको छ ।
कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले कतारमा क्रियाशील नेपाली समुदाय तथा सङ्घसंस्थाहरूलाई पनि सम्भव भएसम्म विश्वकपको समयमा कुनै पनि कार्यक्रम नगर्न र विश्वकप सफल बनाउन इमानदारिताका साथ सहयोग गर्न अपिल गर्नुभएको हो ।
विज्ञप्ति जारी गर्दै राजदूत ढकालले भन्नुभएको छ ‘नेपाली समुदाय तथा सङ्घसंस्थाहरूले सम्पादन गर्नु पर्ने कुनै कार्यक्रम भएमा सम्भव भएसम्म स्थगित गरी इमान...