आजदेखि अन्तर्राष्ट्रिय उडान खुल्यो

काठमाडौं : कोरोना भाइरसको जोखिम र संक्रमणको कारण रोकिएको अन्तर्राष्ट्रिय उडान आजदेखि सुरु हुँदैछ। सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेअनुसार आजदेखि अन्तर्राष्ट्रिय उडान सुरु हुनेछ भने आगामी असार १७ गतेदेखि आन्तरिक उडान खुल्नेछ। आज पहिलो दिन दुई वटा मात्रै उडान हुनेछ। नेपाल एयरलाइन्सले कतारको दोहाका लागि उडान भर्नेछ भने टर्कीस एयरलाइन्सले इस्तानबुलबाट यात्रु लिएर आउने नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।जनस्वास्थ्यका मापदण्डको पूर्ण प

सम्बन्धित सामग्री

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्न प्रयासरत छौं : उद्योगमन्त्री

६ मंसिर, बुटवल । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले भैरहवाको गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्न सरकार प्रयासरत रहेको बताएका छन् । बुधबार भैरहवामा छैठौं लुम्बिनी प्रादेशिक महोत्सव उद्घाटन गर्दै मन्त्री रिजालले अन्तर्राष्ट्रिय उडान नियमित नहुँदा रुपन्देहीका व्यवसायीहरु लगानी डुब्ने चिन्तामा रहेको सरकारले महसुस गरेको भन्दै पूर्ण सञ्चालनको लागि प्रयासरत रहेको बताए । […]

त्रिभुवन विमानस्थलबाट दैनिक एक सय तेह्र अन्तर्राष्ट्रिय उडान

काठमाडौं- त्रिभुवन विमानस्थलबाट दैनिक ९० भन्दा बढी अन्तर्राष्ट्रिय उडान हुन थालेका छन्। सरदर दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा आइतबार एकैदिन दुईतर्फी एकसय १३ उडान/अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार मंगलबार पनि अन्तर्राष्ट्रियतर्फ एक सय १० उडान भएकाे थियाे। पछिल्ला दिनमा अन्तर्राष्ट्रिय उडानको चाप बढेको उनले बताए। त्रिभुवन […]

पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुँदै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पिआइए)मा ६ असारमा पहिलो अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चीनबाट दुईवटा चार्टर विमान पोखरामा अवतरण गर्ने तय भइसकेको विमानस्थल प्रमुख विक्रम गौतमले बताए ।विमानस्थल सञ्चालनमा आएको १७१औँ दिनमा...

एक महिनादेखि गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ठप्प

१० माघ, बुटवल । खराब मौसम (हुस्सु)को कारण देखाउँदै गौतमबुद्ध विमानस्थलबाट गत पुस ६ (२१ डिसेम्बर) देखि अन्तर्राष्ट्रिय उडान ठप्प छ । ४३ अर्ब लगानी भएको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको ६ महिनामै सेवा बन्द हुँदा विमानस्थलको मात्र नभई राष्ट्रकै हवाई सेवाबारे विश्व बजारमा नकारात्मक सन्देश गएको भन्दै निजी क्षेत्रका व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् […]

भारतमा डिसेम्बर १५ देखि शुरु हुने अन्तर्राष्ट्रिय उडान स्थगित

भारतले डिसेम्बर १५ गतेदेखि अन्तर्राष्ट्रिय उडान शुरू गर्ने यसअघिको योजना हालका लागि स्थगित गरेको छ ।

काबुल अन्तर्राष्ट्रिय बिमानस्थलमा चाँडै नै अन्तर्राष्ट्रिय उडान हुने

काबुल अन्तर्राष्ट्रिय बिमानस्थलमा चाँडै नै अन्तर्राष्ट्रिय उडान हुने भएको छ।

अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द गर्ने निर्णय

सरकारले अन्तर्राष्ट्रिय उडान आगामी जेठ १७ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोनाभाइरसको दोस्रो लहरको संक्रमण बढ्दै गएपछि सरकारले वैशाख २३ गतेदेखि बन्द गरेको अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्मका लागि लम्ब्याएको हो ।  नेपाल नागरिक उड्ययन प्राधिकरणले नेपाल–भारतबीचको दुई उडानबाहेक सबै अन्तर्राष्ट्रिय उडान आगामी जेठ १७ गतेसम्म बन्द हुने एक सूचनामार्फत जनाएको छ ।   नेपाल र भारतबीच एयर बबल सम्झौता अनुरुप यी देशमा भने  सातामा दुई उडान हुने प्राधिकरणको भनाइ छ ।

अन्तर्राष्ट्रिय उडान जेठ १७ सम्म बन्द

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म रोक्ने निर्णय भएको छ। मन्त्रालयमा आज भएको छलफलले अन्तर्राष्ट्रिय उडान तत्काल नखोल्ने निर्णय गरेको हो। यद्यपि यस अवधिमा नेपाल–भारत उडान भने निरन्तर रहनेछ। वैशाख २२ गते रातीदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गरिएको थियो।

मध्यरातिदेखि स्थगन हुँदै अन्तर्राष्ट्रिय उडान

मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज मध्यरातिदेखि अन्तर्राष्ट्रिय उडान स्थगन हुँदैछ। कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो।...

खुल्न थाल्यो विमानस्थल, अन्तर्राष्ट्रिय उडान सुरू

उडानका लागि योग्य भिजिविलिटी नहुँदा तीनबजे बन्द भएको काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु भएको छ।