खोटाङ– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खोटाङले जिल्लाका तीन स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ । दसैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै लिमिटेडले दिक्तेलबजारसहित ऐसेलुखर्क गाउँपालिका र खोटेहाङ गाउँपालिकामा चामलको सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको हो । जिल्लामा खोलिएका सुपथ मूल्यको पसल यही असोज १० गतेसम्म सञ्चालन लिमिटेड शाखा कार्यालयका प्रमुख […]
काठमाडौं । चाबहिलकाे चुच्चेपाटीमा रहेकाे भाटभटेनीमा जलेकाे अवस्थामा भेटिएको शवको पहिचान अझै हुन सकेको छैन । चुच्चेपाटीको भाटभटेनीबाट जलेकाे अवस्थामा ७ वटा शव भेटिएको थियो । अस्थिपञ्जरको रूपमा भेटिएका साेही शवहरू त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा राखिएको छ । डीएनएमार्फत ती शवको पहिचान गनुपर्ने अवस्था आएको प्रहरीले बताएको हाे । केही आफन्तहरूले आफ्नो मान्छे सम्पर्क विहीन […]
जेन–जी आन्दोलन लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछि पनि जनताका चाहना र भावना अनुरूप पारदर्शी तथा जनउत्तरदायी शासन प्रणाली कायम गर्न नसक्दा उत्पन्न निराशा र आक्रोशको परिणाम रहेको कुरा स्वीकार गर्नुपर्ने नेपालले लेखेका छन्।
जनकपुरधाम – जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेशसभा सदस्य वसन्त कुशवाहाले जेनजीकै नेतृत्वमा मधेस सरकार गठन गर्नुपर्ने बताएका छन्। कुशावाहाले
कीर्तिपुर– जेन-जी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । जलन उपचारसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको कीर्तिपुर अस्पतालको सघन उपचार केन्द्र (आइसियु)मा खनाल–पत्नी चित्रकारको उपचार भइरहेको छ । घाइते चित्रकारको उपचारका क्रममा नेतृत्व गरिरहेका जलनविज्ञ डा कीरण नकर्मीले भनिन, ‘अस्पतालमा […]
जेनजी आन्दोलनको प्रभावका कारण पर्यटन क्षेत्र अहिले सुनसानजस्तै बनेको छ। आएका पर्यटक फर्किएको र आउने तयारीमा रहेका पर्यटक रोकिएपछि पर्यटन क्षेत्र चिन्तित छ। नेपाल आउने तयारीमा रहेका पाहुना अन्यत्र डाइभर्ट हुने चिन्ता पनि व्यावसायीलाई छ। सिजनको मुखैमा भोग्नुपरेको मारले अहिले समग्र पर्यटन क्षेत्र शिथिल बन्न पुगेको छ। सिजन खेर जाने अवस्था आइपरेको भन्दै व्यावसायीले दुख मनाउ गरेका छन्।