उपप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोसँग भेट गरी सरकारमा सहभागी हुने विषयबारे पार्टीभित्र सहमति बनाउन पहल लिनेलगायत विषयमा छलफल गरेका छन् । ढिलो–चाँडो सरकारको नेतृत्व पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिन सक्ने सम्भावना बढ्दै गएकोले त्यतिखेर बन्ने सरकारमा सहभागी हुन पार्टीमा सहमति बनाउन अध्यक्ष यादवले राजपा नेता महतोलाई भेटेका हुन् ।