मोरङ – नेकपा माओवादीका नेता इन्द्रबहादुर आङ्ग्बोले सहमतिमा सरकार गठन हुँदा प्रदेश १ को मुख्यमन्त्रीको दावेदारीमा आफू रहने बताएका छन्। आर्थिक मामिला तथा योजनामन्त्री तथा केन्द्रका नेता आङ्ग्बोले प्रदेशमा गठबन्धनको सरकार बन्ने र प्रदेश १ भागबण्डामा माओवादीमा परे मुख्यमन्त्रीको दाबेदारी रहने बताए। उनले निर्वाचनअघि भएका गठबन्धनसँगै केही दललाई भित्र्याएर सरकार गठन गर्ने प्रस्ट्याए। एक कार्यकाल […]