सर्लाहीको लालबन्दीबाट ७ महीनामै १ अर्बको तरकारी निकासी

सर्लाही । जिल्लाको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालू आर्थिक वर्ष (आव)को सात महीनामा  एक अर्बभन्दा बढीको तरकारी निकासी गरेको छ । लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले गत साउन १ देखि माघ मसान्तसम्ममा तरकारी निकासीबाट रू. १ अर्ब ६६ लाख ६३ हजार ३५० रकम आर्जन गरेको समितिका व्यवस्थापक शम्भु घिमिरेले जानकारी दिए ।  उनका अनुसार आव २०७९÷०८० को साउनमा रू. २० करोड २ लाख, भदौमा रू. १८ करोड ८५ लाख ५२ हजार, असोजमा रू. २७ करोड ८० लाख ८३ हजार, कात्तिकमा रू. ९ करोड ६३ लाख ७८ हजार, मङ्सिरमा रू. ७ करोड १० लाख ६८ हजार, पुसमा रू. १७ करोड १५ लाख ८८ हजार र माघमा रू. २० करोड ९४ लाख ३७ हजार हाराहारी रकम सङ्कलन भएको छ । जिल्लाको लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानले उत्पादन गरेका गोलभेंडा, परबल, बोडी, सिमी, भन्टा, करेलालगायतका तरकारी लालबन्दीको बजारमा आउने समितिले जनाएको छ । समितिका अध्यक्ष तोरणबहादुर मगरका अनुसार सिन्धुली, रामेछाप, काठमाडौं, पोखरा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, हेटौंडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, विराटनगर, इटहरीका साथै छिमेकी देश भारतको सोनवर्षा तथा सीतामाडीलगायतका स्थानमा लालबन्दीबाट तरकारी निकासी हुन्छ । लालबन्दीबाट टमाटर, भन्टा, बोडी, लौका, करेला, काँक्रो, फूलकोभी, बन्दा कोभी, घिरौंला, सिमी, झिङ्गनी, मूला, हरियो खुर्सानी, बेथुको साग, गाँजर, भिन्डी, परबल, रुख कटहर, फर्सी, धनियाँको पात, कागती,  मटरकोसा, प्याज र भेंडेखुर्सानी लगायतका तरकारी निकासी हुन्छ ।  त्यस्तै, सङ्घीय सरकार मातहत रहेको थोक तरकारी बजारको ६ कोठे भवन निर्माणका लागि शिलान्यास गरिएको छ । कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकीकरण प्रवद्र्धन केन्द्रको रू. ५० लाख ७७ हजारमा सो भवन निर्माण हुनेछ ।  चालू आवको असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी समितिले नै भवन निर्माणको काम थालेको अध्यक्ष मगरले जानकारी दिए । लालबन्दी बजारसहित सङ्घ सरकार मातहत ११ ओटा बजार छन् । रासस

सम्बन्धित सामग्री

लालबन्दीबाट त्रियासी करोडको तरकारी निकासी

सर्लाही– लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालू आर्थिक वर्ष २०७९-८० मा ८३ करोड ५० लाख ८४ हजार ७५ को तरकारी निकासी गरेको छ । लालबन्दी नगरपालिका-७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले विसं २०७९ साउन १ देखि २०७९ मङ्सिर मसान्तसम्ममा १६ करोड ५७ लाख छ हजार सात सय ७३ किलो तरकारी निकासी […]

लालबन्दीबाट पाँच महिनामा त्रियासी करोडको तरकारी निकासी

काठमाडौँ,२० पुष । लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालू आर्थिक वर्ष २०७९/८० मा रु ८३ करोड ५० लाख ८४ हजार ७५ को तरकारी निकासी गरेको छ । लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले विसं २०७९ साउन १ देखि २०७९ मङ्सिर मसान्तसम्ममा १६ करोड ५७ लाख छ हजार सात सय ७३ […]

४२ करोडको तरकारी निकासी

जोन इकाई क्षेत्र रहेको धनकुटाको छथरजोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाका ९ वटा वडाबाट गएको आर्थिक वर्षमा ४२ करोड ४५ लाख ५८ हजार मूल्य बराबरको तरकारी निकासी भएको छ ।महालक्ष्मी नगरपालिकाको ४ वटा वडा र छथरजोरपाटी गाउँपालिकाको ५ वडाको १ हजार २ सय २० हेक्टरमा गरीएको खेतीबाट उक्त मूल्य बराबरको तरकारी निकासी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण […]

४२ करोडको तरकारी निकासी

जोन इकाई क्षेत्र रहेको धनकुटाको छथरजोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाका ९ वटा वडाबाट गएको आर्थिक वर्षमा ४२ करोड ४५ लाख ५८ हजार मूल्य बराबरको तरकारी निकासी भएको छ ।महालक्ष्मी नगरपालिकाको ४ वटा वडा र छथरजोरपाटी गाउँपालिकाको ५ वडाको १ हजार २ सय २० हेक्टरमा गरीएको खेतीबाट उक्त मूल्य बराबरको तरकारी निकासी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण […]

लालबन्दीबाट साउनमा २० करोडको तरकारी निकासी

सर्लाही : सर्लाहीको लालबन्दी बजारबाट साउनमा मात्र २० करोडभन्दा बढीको तरकारी निकासी भएको छ।कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका अनुसार साउनमा २० करोड दुई लाख एक हजार ७५० रुपैयाँको तरकारी निकासी भएको हो। सबैभन्दा धेरै तीन करोड ७० लाख ४० हजार २५० रुपैयाँको परबल मात्रै निकासी भएको छ।यसैगरी लौका तीन करोड ५९ लाख ९९ हजार २५० रुपैयाँ, बोडी दुई करोड २८ लाख ७३ हजार ५०० रुपैयाँ, गोलभेडा एक करोड ८७ लाख ८६ हजार रुपैयाँ, हरियो खुर्सानी एक करोड १५ लाख ५० हजार रुपैयाँ, काँक्रो एक करोड ५५ लाख ३४ हजार ५०० सय

लालबन्दीबाट दुई अर्बको तरकारी निकासी

९ साउन, सर्लाही । लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले आर्थिक वर्ष २०७८/७९ मा दुई अर्ब ४५ करोड २४ लाख ७१ हजार ९३० रुपैयाँको तरकारी निकासी गरेको छ । लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले विसं २०७८ साउन १ देखि विसं २०७९ को असार मसान्तसम्ममा छ करोड एक लाख ६३ हजार […]

लालबन्दीबाट एक महिनामै २० करोडभन्दा बढीको तरकारी निकासी

सर्लाही : सर्लाहीको सबैभन्दा ठूलो तरकारी बजार लालबन्दीबाट एक महिनामा २० करोड २३ लाखभन्दा बढीको तरकारी निकासी भएको छ।कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीकाे तथ्यांक अनुसार असार महिनामा लालबन्दी बजारबाट २० करोड २३ लाख १७ हजार ५ सय रुपैयाँको  अन्य तरकारी निकासी भएको हो।असार महिनामा लालबन्दीबाट सबैभन्दा धेरै हरियो बोडी मात्रै ६ करोड ५३ लाख ७५० रुपैयाँको निकासी भएको छ। बोडीपछि परबल ४ करोड ६९ लाख ४८ हजार ७५० रुपैयाँको निकासी भएको बजार व्यवस्थापन समितिले जनाएको छ।अहिले मुख्यगरी बोडी र परबल

लालबन्दीबाट १९ करोडको तरकारी निकासी

सर्लाही : गेलभेँडाको शहर भनेर चिनिने सर्लाहीको लालबन्दी बजारबाट एक महिनामा १९ करोडको तरकारी निकासी भएको छ।कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका अनुसार गएको वैशाख महिनामा यहाँबाट १८ करोड ९९ लाख ४० हजार ६३० रुपैयाँको तरकारी निकासी भएको हो।गोलभेँडा मात्रै ९ करोड ४७ लाख ४३ हजारकाे निकासी भएको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिए। निकासी भएको तरकारीमध्ये सबैभन्दा धेरै गोडभेँडा रहेको छ भने गोलभेँडापछि बोडी निकासी भएको छ।बोडी एक करोड ९

लालबन्दीबाट गत वर्ष दुई अर्बको तरकारी निकासी

सर्लाही– सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले आर्थिक वर्ष २०७७/०७८ मा रु. दुई अर्ब २४ करोड ३४ लाख ३३ हजारको तरकारी निकासी गरेको छ। लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यावस्थापन समितिले वि.सं. २०७७ साउन १ देखि वि.सं. २०७८ को असार मसान्तसम्ममा रु. तीन करोड ९० लाख ७६ हजार ९६१ किलो तरकारी […]

तीन महिनामा सल्यानबाट साढे आठ करोडको तरकारी निकासी

सल्यान : सल्यानको प्रमुख व्यापारिक केन्द्र कपुरकोटबाट तीन महिनामा साढे आठ करोड रूपैयाँको तरकारी निकासी भएको छ। कृषि उपज बजार केन्द्र कपुरकोटबाट जेठ १ दखि साउन १५ सम्म ८ लाख ४५ लाख ५३ हजार ३०६ रुपैयाँको तरकारी निकासी भएको हो।कोरोना महामारी नियन्त्रण गर्न लागु गरिएको निषेधाज्ञा जारी गर्दा तरकारी निकासीमा सामान्य समस्या परे पनि अहिले किसानले उत्पादन गरेको तरकारीले राम्रो मूल्य पाइरहेको कृषि उपज बजार केन्दै कपुरकोट सञ्चालक समितिका सचिव तिलक शर्माले बताए। तर यस वर्ष किराका कारण ताजा तरकारी उत्पादन घट