नेपाल, ओमान र अमेरिकाबीचकाे एकदिवसीय शृङ्खला स्थगित

काठमाण्डौ – आउँदाे मार्च महिनामा ओमानमा हुने तय भएको नेपाल, ओमान र अमेरिकाबीचको आईसीसी पुरुष क्रिकेट वर्ल्ड च्याम्पियनशिप लिग-२ अन्तर्गतको एकदिवसीय शृङ्खला स्थगित भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शुक्रवार सूचना निकालेर ओमानमा हुने शृङ्खला स्थगित भएको जनाएको हो । ओमानमा हुने शृङ्खला मार्च १९ देखि २८ सम्म हुने तालिका थियो । यस्तै आईसीसीले अप्रिलमा हुने भनिएको पपुवा न्यु गिनी, ओमान र स्कटल्याण्डको शृङ्खला पनि स्थगित गरिएकाे जनाएकाे छ ।  मे महिनामा हुने ...