सन नेपाल लाइफद्वारा अभिकर्ता सम्मान तथा बीमा जागरण कार्यक्रम

सन नेपाल लाइफले रुकुम, ,सल्यान,दाङको घोराहि,लमही,तुलसिपूर र हापुरे कार्यालयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको छ । उत्त कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको कम्पनीले जनाएको छ। देशैभर  शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ । कम्पनीले ६० करोड बराबरको ६० लाख कित्ता आईपिओ निष्काशन तयारी गरेको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी २ अर्ब पुग्ने छ ।