राष्ट्रिय राजमार्गकाे १८ ठाउँमा सडक पूर्ण रूपमा बन्द

काठमाण्डाै – अहिले देशका विभिन्न राष्ट्रिय राजमार्गको १८ ठाउँमा सडक पूर्ण रूपमा बन्द भएका छन् । मनसुन सुरु भएसँगै बाढी तथा पहिरोका कारण सडक राजमार्गहरू बन्द भएका ४२ ठाउँमध्ये १८ ठाउँमा अझै सडक पूर्ण रूपमा बन्द रहेका सडक विभागले जनाएको छ । १८ ठाउँमा एकतर्फी सडक खुलाइएको छ भने ६ ठाउँको अवरोध पूर्ण रूपमा हटेको विभागले जनाएको छ । पाँच दिनअघि बन्द भएकाे साँफेबगर–मार्तडी–कोल्टी सडकको बाजुरा बल्दे–अम्कोट खण्ड अझै बन्द छ । बाजुराकै हड्डेखोला–रिला बलेना सडक पनि बन्द छ । पाँच दिन ...

सम्बन्धित सामग्री

सिमकोटमा राष्ट्रिय सडक सञ्जालसँग जोड्ने पुल बनेन

९ असार, सिमकोट ।  सिमकोटको खार्पुनाथ गाउँपालिका–५ खार्पुदोभान र दोजाम कर्णाली नदीमा बेलिब्रिज (पुल) नबन्दा जिल्ला सदरमुकाम सिमकोट हालसम्म राष्ट्रिय सडक सञ्जालसँग पूर्ण रूपमा जोडिन सकेको छैन । कर्णाली करिडोरअन्तर्गत सडक निर्माण सम्पन्न भए पनि खार्पुनाथ …

राष्ट्रिय सडक सञ्‍जालसँग जोड्ने पुल बनेन, खोला तार्दै स्थानीय

हुम्ला- जिल्लाको खार्पुनाथ गाउँपालिका-५ खार्पुदोभान र दोजाम कर्णाली नदीमा बेलिब्रिज (पुल) नबन्दा जिल्ला सदरमुकाम सिमकोट हालसम्म राष्ट्रिय सडक सञ्जालसँग पूर्ण रूपमा जोडिन सकेको छैन ।  कर्णाली करिडोरअन्तर्गत सडक निर्माण सम्पन्न भए पनि खार्पुनाथ गाउँपालिकास्थित दोजाम कर्णाली नदीमाथि पुल नहुँदा सिमकोट राष्ट्रिय सडक सञ्जालसँग ज...

राष्ट्रिय सडक सञ्‍जालसँग जोड्ने पुल बनेन, खोला तार्दै स्थानीय

हुम्ला- जिल्लाको खार्पुनाथ गाउँपालिका-५ खार्पुदोभान र दोजाम कर्णाली नदीमा बेलिब्रिज (पुल) नबन्दा जिल्ला सदरमुकाम सिमकोट हालसम्म राष्ट्रिय सडक सञ्जालसँग पूर्ण रूपमा जोडिन सकेको छैन ।  कर्णाली करिडोरअन्तर्गत सडक निर्माण सम्पन्न भए पनि खार्पुनाथ गाउँपालिकास्थित दोजाम कर्णाली नदीमाथि पुल नहुँदा सिमकोट राष्ट्रिय सडक सञ्जालसँग ज...

एमसीसी सम्झौता भदौ १३ बाट पूर्ण कार्यान्वयनमा

काठमाडौं। अबको १ हप्तापछि बहुचर्चित अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को अनुदान सम्झौता पूर्ण रूपमा कार्यान्वयनमा जाने भएको छ । अर्थ मन्त्रालय र एमसीसीबीच ६ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) पूर्णरूपमा लागू हुने मिति (इन्ट्री इन्टू फोर्स–ईआईएफ) तोकिएको हो । गत साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) को सञ्चालक समिति बैठकले भदौ १३ लाई ईआईएफ मिति तोकेको एमसीए नेपालले जानकारी दिएको छ । एमसीसी नेपाल कम्याक्टअन्तर्गत कार्यान्वयन हुने विद्युत् प्रसारण लाइन र सडक निर्माणसम्बन्धी आयोजनाको काम ईआईएफ मिति घोषणा भएको ५ वर्षभित्र सम्पन्न गरिसक्नु पर्नेछ । एमसीए नेपालका अनुसार एमसीए–नेपाल सञ्चालक समितिले यसरी ५ वर्ष गणना थालिने अवधि भदौ १३ तोकिएको हो । ‘जग्गा प्राप्ति तथा मुआब्जा वितरणसम्बन्धी केही कार्य सम्पन्न गर्न बाँकी छ, तर एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमलाई कार्यान्वयनमा प्रवेश गराइसकेपछि र छनोट भएका निर्माण कम्पनीलाई कार्यस्थलमा पहुँच आवश्यक हुने हुँदा निकै अघि नै ती कार्य सम्पन्न गरिनेछ,’ एमसीए–नेपालले भनेको छ । अर्थ मन्त्रालय र एमसीसीबीच २०७४ भदौ २९ (२०१७ सेप्टेम्बर १४) मा भएको सम्झौता २०७८ फागुन १५ गतेको संसद् बैठकबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन भएको थियो । एमसीसी नेपाल कम्याक्टअन्तर्गत कार्यान्वयन हुने विद्युत् प्रसारण लाइन र सडक निर्माणसम्बन्धी आयोजनाको काम ईआईएफ मिति घोषणा भएको ५ वर्षभित्र सम्पन्न गरिसक्नु पर्नेछ ।  कम्प्याक्टअनुसार ईआईएफपछि एमसीसी लागू हुने पाँचवर्षे अवधिको गणना शुरू हुन्छ । शुरुआती सम्झौतामा २०७७ असार १६ गते (२०२० जुन ३०) देखि ईआईएफ शुरू हुने भनिएको थियो । तर, एमसीसी कम्प्याक्ट संसद्बाट अनुमोदन गर्ने विषय लामो समयसम्म विवादित बन्दा र कम्प्याक्ट लागू हुनुअघि पूरा गरिसक्नुपर्ने भनिएका काम समयमै नसकिँदा ईआईएफ मिति घोषणामा ढिलाइ भएको हो । ईआईएफका लागि पूर्वशर्तका रूपमा रहेको जग्गा प्राप्ति भने अझै बाँकी छ । ईआईएफअघि पूरा गर्नुपर्ने भनिएका ६ ओटा पूर्वशर्तमध्ये जग्गा प्राप्तिबाहेकका पाँचओटा पूरा भइसकेका छन् । एमसीसी कार्यक्रम कार्यान्वयनका लागि सम्झौतामा हस्ताक्षर गर्ने, यो परियोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्ने, नियामक निकायका रूपमा विद्युत् नियमन आयोग गठन गर्ने र बुटवल–गोरखपुर प्रसारण लाइन निर्माणमा भारतको सहमति लिनुपर्ने पूर्वशर्त पूरा भइसकेका छन् । अर्को पूर्वशर्तका रूपमा रहेको जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पर्याप्त र सन्तोषजनक रूपमा अगाडि बढिसकेको अवस्थामा ईआईएफमा प्रवेश गर्दा हुने समझदारी एमसीसीसँग भएको आधारमा ईआईएफको मिति तोकिएको एमसीए–नेपालले बताएको छ । एमसीए–नेपालअन्तर्गत बन्ने विद्युत् प्रसारण आयोजनाका लागि कुल १ हजार ४७१ हेक्टर र नुवाकोटमा निर्माण गरिने रातामाटे सब–स्टेशनका लागि करीब २० हेक्टर जग्गा आवश्यक पर्छ । प्रसारण लाइनमा पर्ने करीब ८५६ ओटा विद्युत प्रसारण टावर बनाउन १०४ हेक्टर जग्गा आवश्यक पर्नेछ भने भोगाधिकार क्षेत्रअन्तर्गत १ हजार ३४७ हेक्टर जग्गा छ । सब–स्टेशनका लागि चाहिने जग्गाको विवाद बाँकी रहेको र प्रसारण लाइनका लागि चाहिने जग्गाको मुआब्जा वितरणको काम केही स्थानमा शुरू भइसकेको एमसीए–नेपालले जानकारी दिएको छ । पारिवारिक विवाद रहेको एक कित्ता जग्गाबाहेक रातामाटे सब–स्टेशनका लागि आवश्यक सम्पूर्ण जग्गाको मुआब्जा वितरण गरिसकिएको छ । अहिले विद्युत् प्रसारण टावर निर्माणका लागि चाहिने जग्गा प्राप्ति र भोगाधिकार क्षेत्रमा पर्ने जग्गासम्बन्धी प्रारम्भिक कानूनी प्रक्रिया अगाडि बढिरहेको र केही स्थानमा मुआब्जा वितरणको काम पनि शुरू भइसकेको एमसीए नेपालको भनाइ छ । एमसीए–नेपालअन्तर्गत हुने खर्चमा नेपाल सरकारले बेहोर्नुपर्ने दायित्वको अंश शुरुआती सम्झौताको तुलनामा बढेको छ । शुरुआती सम्झौतामा एमसीसी परियोजनाका लागि कुल ६३ करोड अमेरिकी डलर बराबर लागत अनुमान गरिएको थियो । यसमध्ये ५० करोड अमेरिकी डलर एमसीसी अनुदान र १३ करोड अमेरिकी डलर नेपाल सरकारले बेहोर्ने कम्प्याक्टमा उल्लेख छ । तर, गत जेठ ९ गतेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल र एमसीसीबीच सम्पन्न सम्झौता संशोधन गरी नेपाल सरकारको योगदान वृद्धि गर्न स्वीकृति दिने’ निर्णय गरेको थियो । मन्त्रिपरिषद्को उक्त निर्णयपछि नेपाल सरकारले बेहोर्ने दायित्व ६ करोड ७० लाख अमेरिकी डलर थप भई १९ करोड ७० लाख अमेरिकी डलर पुगेको छ । यसरी समग्र परियोजनामा हुने खर्चको अनुमानसमेत ६३ करोड अमेरिकी डलरबाट बढेर ६९ करोड ७० लाख अमेरिकी डलर पुगेको छ । एमसीए–नेपालअन्तर्गत हुने कुल खर्चमा नेपाल सरकारले बेहोर्नुपर्ने दायित्वको अनुपात यसअघि २० दशमलव ६३ प्रतिशत रहेकोमा अब बढेर २८ दशमलव २६ प्रतिशत पुगेको छ । परियोजनामा नेपालले बेहोर्नुपर्ने गरी पछिल्लोपटक थपिएको दायित्व करीब ९ अर्ब बराबर हो ।

सुख्खा पहिरो जाँदा रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक अवरुद्ध भएको छ । मंगलबार बिहान स्याफ्रु–रसुवागढी सडकखण्डको कुलुङ पुल नजिकै सुख्खा पहिरो जाँदा नाका जोड्ने सडक अवरुद्ध भएको हो ।  करिब सय मिटर सडकमाथिबाट ढुंगामाटोसहितको सुख्खा पहिरो आई सडक पूर्ण रूपमा अवरुद्ध भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । ‘सडकमाथिबाट सुख्खा पहिरो आएको […] The post सुख्खा पहिरो जाँदा रसुवागढी नाका जोड्ने सडक अवरुद्ध appeared first on राजधानी राष्ट्रिय दैनिकको Online Portal.

ललितपुर–हेटौँडा जोड्ने कान्ति राजमार्ग पहिरो गएर बन्द, अरू सडककाे अवस्था के छ ?

काठमाण्डाै : ललितपुर–हेटौँडा जोड्ने कान्ति राजमार्ग दुई ठाउँमा पहिरो गएर बन्द भएको छ । ललितपुरको छपेली र मकवानपुरको थिङ्गनमा हिजो बिहीवार गएको पहिरो हटाउन समस्या भएकाले बाटो पूर्ण रूपमा बन्द रहेको सडक विभागले जनाएको छ ।  यस्तै मध्यपहाडी राजमार्ग अन्तर्गत पर्वतको डोभिल्ला र नयाँ पुलमा गएको पहिरोले तीन दिनदेखि बाटो पूर्ण रूपमा बन्द भएको छ ।  बाढी तथा पहिरोका कारण गएको जेठ ३१ गतेपछि राष्ट्रिय स्तरका सडकको एक सय १८ ठाउँमा अवरोध भएकोमा १७ वटा सडक अझै पूर्ण रूपमा बन्द छन् । ६३ ठाउँको अवरोध हटाएर एकतर्...

बाढी पहिरोको असर : १ सय ३ राष्ट्रिय राजमार्गमा क्षति, १३ सडक अवरुद्ध

मनसुन शुरू भएसँगै आएको बाढीपहिरोले हालसम्म मुलुकभरका १ सय ३ राष्ट्रिय राजमार्गहरूमा क्षति पुर्‍याएको छ ।  यी सडकहरूमध्ये १३ सडकहरूमा अहिले पूर्ण रूपमा यातायात अवरुद्ध रहेको सडक विभागले जनाएको छ ।  विभागका अनुसार मनाङमा डुम्रे–बेशीसहर–चामे सडकखण्ड अन्तर्गत तिमाङ छहरा, अरनिको राजमार्ग अन्तर्गत सिन्धुलीको लिपिङ पुल, मनाङको तिमाङ खोला, धारापानी र बगरछाप सडक पूर्ण अवरुद्ध बनेको छ ।  यस्तै सिन्धुपाल्चोकको जुरे, कोदारी, लमजुङको रामबजार, अर्खले र च्याम्चेमा सडक अवरुद्ध छ ।  यस्तै...

२० दिनमा देशभरका  १०२ राष्ट्रिय राजमार्ग अवरुद्ध

मनसुन सुरु भएपछि पछिल्लो २० दिनमा देशभरका १ सय २ स्थानमा राजमार्ग अवरुद्ध भएको छ । त्यसमध्ये शनिबार साँझसम्म १६ ठाउँमा पूर्ण रूपमा सडक अवरुद्ध छ । ५७ ठाउँमा एकतर्फी सञ्चालनमा आइसकेको...

मनसुनजन्य विपद्को असर : देशभरका १४ सडक पूर्ण रूपमा अवरुद्ध, ६ सडक ‘वान वे’

काठमाडौँ । केही दिन यता हुँदै आइरहेको वर्षाका कारण देशभरका विभिन्न स्थानमा पर्ने १४ सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । यस्तै वटा वटा विभिन्न सडक ‘वान वे’ सञ्चालन भएका छन् ।  गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले शुक्रवार बिहान १० बजे सार्वजनिक गरेको विवरण अनुसार १७ गतेबाट चतरा बराह क्षेत्र अन्तर्गतको सडक पहिरोका कारण अवरुद्ध छ । बराह क्षेत्र १ मोतिडाँडामा पहिरो गएपछि सो सडक अवरुद्ध भएको हो ।यसैगरी भोटेकोशी गाउँपालिका २ मा पर्ने हिम रिभर हाइड्रो पावर जाने सडक अवरुद्ध हुँदा चीनबाट सामान ल्याउने सवारी रोकिएका छन् । सो सडक ५ असारबाट नै अवरुद्ध रहँदै आइरहेको छ ।