सत्ता गठबन्धनले आसन्न स्थानीय चुनावमा तालमेल गर्ने बताइरहेका बेला प्रमुख प्रतिपक्ष एमाले एक्लै प्रतिस्पर्धामा उत्रने तयारीमा छ । पार्टी विभाजनको क्षतिलाई पूर्ति गर्न एमालेले अन्य दलका नेता–कार्यकर्ता भित्र्याउने अभियान चलाइरहेको छ । चुनाव नजिकिँदा राष्ट्रिय बहसको केन्द्रमा भने एमसीसी सम्झौता छ ।