काठमाडौँ– सात राजनीतिक दल र तत्कालीन विद्रोही माओवादीबीच २०६२ साल मंसिरमा १२ बुँदे संयुक्त जनआन्दोलनमार्फत राजाको निरंकुश शासन अन्त्य गर्ने सहमति भयो। जनआन्दोलन सफल भएपछि २०६३ मंसिरमा विस्तृत शान्ति सम्झौता भयो। उक्त सम्झौताले नेपालमा दश वर्षसम्म चलेको माओवादीको शसस्त्र आन्दोलनको अन्त्य गर्दै देशलाई नयाँ राजनीतिक कोर्षमा अघि बढायो। राजा ज्ञानेन्द्रको पेलानमा परेका कांग्रेस, एमालेसहितका सात […]