सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले लिए शपथ

धनगढी : सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले शपथ लिएका छन्। प्रदेश प्रमुख देवराज जोशीले बिहीबार मुख्यमन्त्री रावललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।विना विभागीय मन्त्रीद्वय नेकपा माओवादी केन्द्रका खगराज भट्ट र नेकपा एमालेकी सन्तोष शर्मा थापाले पनि शपथ लिएका छन्। माओवादी संसदीय दलका नेतासमेत रहेका भट्ट डडेल्धुराबाट निर्वाचित हुन् भने सन्तोष समानुपातिक सांसद हुन्।मुख्यमन्त्री रावलले खगराज र सन्तोषलाई शपथ गराएका हुन्। उनीहरूको मन्त्रालय तोकिएको छैन।&