प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र महामन्त्री पूर्णबहादुर खड्कामात्र आकांक्षी देखिएका छन् तर महामन्त्री र सहमहामन्त्री उठ्न चाहेको संख्या धेरै छ ।