संसद विघटन विरुद्ध २३ राजनीतिक दल तथा संघसंस्थाद्वारा विरोधसभा (फोटो)

प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।। संसद विघटन विरुद्ध २३ राजनीतिक दल तथा सङ्घसंस्थाहरूले विरोधसभा सम्पन्न गरेका छन् । ‘ओली सरकारको संसद विघटन गर्ने प्रतिगमनउन्मुख फासीवादी कदमका विरुद्ध सङ्घर्ष गरौँ !’ मूल नाराका साथ २०७७ पुस १९ गते नयाँ बानेश्वरमा विरोधसभा सम्पन्न भएको हो । विरोधसभालाई सम्बोधन गर्दै नेकपा (मसाल) प्रवक्ता रामप्रकाश पुरीले ओली सरकारद्वारा संसद विघटन गर्ने कार्यलाई २०६२–६३ सालको जनान्दोलनको उपलब्धि समाप्त गर्ने प्रयासको सङ्ज्ञा दिनुभयो । लोकतान्त्रिक गणतन्त्र २०६२–६३ सालको जनआन्दोलनको प्रमुख उपलब्धि रहेको बताउँदै उहाँले त्यसको रक्षाका अहिले सडक आन्दोलन नै उपयुक्त विकल्प भएको उहाँको ठहर थियो । प्रवक्ता पुरीले भन्नुभयो– ‘जनान्दोलन सशक्त बनाउन नसके महान् जनान्दोलनको उपलब्धि गुम्ने र राजनीतिक अस्थिरता कायम हुने छ ।’ सत्तारूढ नेकपाभित्रको आन्तरिक कलहका पछाडि सत्तास्वार्थ प्रमुख रहेको उहाँको भनाइ थियो । ‘आन्तरिक रूपमा सत्तास्वार्थ नमिल्दा जनतालाई अप्ठ्यारोमा पारियो’ प्रवक्ता पुरीले भन्नुभयो– ‘एमसिसीको विरोधमा सत्तारूढ दलभित्रैबाट चर्को विरोध थियो, तर अहिले त्यो मुद्दा सडकमा खै ?’ उहाँले अहिले सत्तास्वार्थको कारण एमसिसी, सीमा अतिक्रमणलगायतका राष्ट्रियताका मुद्दा गुम्दै गइरहेको बताउनुभयो । केपी ओली सरकारले पार्टीभित्रको आन्तरिक कलहका कारण संसद् विघटन मात्रै होइन, सङ्कटकालसम्म विस्तार पाउन सक्ने उहाँको आशङ्का थियो । ‘संसद पुनःस्थापना भयो भने प्रधानमन्त्री ओलीले सङ्कटकाल पनि लगाउन सक्छन्’ उहाँले भन्नुभयो– ‘त्यो खतराको विरुद्ध पनि यो आन्दोलन सचेत हुनुपर्दछ ।’ कार्यक्रममा सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले अहिले देशमा सडकको राजनीतिक तापक्रम बढ्दै गइरहेको बताउनुभयो । ‘हामीले चिसो सडकमा केपी सरकार गलत नीतिका विरुद्ध सडक आन्दोलन सुरु गरेका थियौँ’ उहाँले अगाडि भन्नुभयो– ‘अहिले त संविधान बनेपछि आन्दोलनको युग सिद्धियो भन्ने प्रचण्ड–माधवहरू नै आन्दोलनमा छन् ।’ आन्दोलनको सुरुवात आफूहरूले गरेको बताउँदै उहाँले २३ दल आन्दोलनमा डटिरहने बताउनुभयो । सम्बोधनको क्रममा उहाँले सत्तारूढ नेकपाको पोल खोलाखोल गरेकोमा दुवै पक्षलाई धन्यवाद दिनुभयो । उहाँले ब्यङ्ग्यात्मक रूपमा भन्नुभयो– ‘हामीलाई हाइसञ्चो छ । हामीले गर्नुपर्ने काम केपी र प्रचण्डले आपसमै गरिरहेका छन् ।’ ‘२०६२–६३ सालको जनान्दोलनअघि गणतन्त्रलाई आन्दोलनको नारा बनाउने निर्णय ...

सम्बन्धित सामग्री

थाइल्यान्डका प्रधानमन्त्रीद्वारा संसद विघटन

एजेन्सी । थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले संसद विघटन गर्नुभएको छ । निर्वाचनको घोषणासँगै सन् २०१४ मा प्रयुतले सत्ता सम्हालेपछि थाइल्यान्डमा दोस्रोपटक निर्वाचनका हुन लागेको हो । संसद विघटन र निर्वाचनको मिति घोषणाको तयारीबारे थाइल्यान्डको राजपत्रमा प्रकाशित सूचनामा उल्लेख गरिएको छ । सन् २०१४ को चुनावमा सत्तामा आएका पूर्वसेना प्रमुख प्रयुतले एक दशकको निर्वाचनपछि स्वदेशमा फर्कनुभएका […]

मलेसियामा संसद विघटन, मध्यावधी निर्वाचनको घोषणा

एजेन्सी । मलेसियाको संसद विघटन गरिएको छ । प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद विघटन गरिएको घोषणा गर्नु भएको हो । उहाँले संसद विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गर्नु भएको छ । उहाँले घोषणा गरेअनुसार आगामी ६० दिन भित्रमा निर्वाचन हुनेछ । टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै उहाँले संसद विघटन र निर्वाचन घोषणाका लागि राजा […]

राष्ट्रपति, प्रधानमन्त्री र उपसभामुख मिलेर पाकिस्तानमा संसद विघटन

२० चैत, काठमाडौं । पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्भीले संसद विघटन गर्दै देशमा मध्यावधि चुनावको घोषणा गरेका छन् । संसदमा अविश्वासको प्रस्ताव अस्वीकार गराएका प्रधानमन्त्री इमरान खानको सिफारिसमा राष्ट्रपति अल्भीले संसद विघटन गरेर चुनावको घोषणा हुन् । पाकिस्तानी सञ्चार माध्यमका अनुसार अबको ९० दिनभित्रमा मध्यावधि चुनाव हुने छ । संसद विघटनअघि उपसभामुख क्वासिम सुरीले इमरानविरुद्ध […]

पोर्चुगलका राष्ट्रपतिद्धारा संसद विघटन

काठमाडौं : पोर्चुगलमा संसद विघटन गर्दै अग्रिम निर्वाचनको घोषणा गरिएको छ। राष्ट्रपति मर्केलो रिबेलो डि सौसाले  संसद विघटन गरिएको घोषणा गर्दै निर्वाचनको मिति तोकेका हुन्। उनले  आगामी सन् २०२२ को जनवरी ३० तारिखका दिन संसदीय निर्वाचन गर्ने घोषणा गरेको अन्तर्राष्ट्गिरय सञचारमाध्मले जनाएका छन्। सन् १९७४ अप्रिल २५ देखि अहिलेसम्म पोर्चुगलमा आठ पटक संसद विघटन गरिएको छ। संसदले सरकारको बजेट प्रस्ताव पारित नगरेपछि राष्ट्रपतिले संसद विघटन गर्दै निर्वाचन घोषणा गरेका हुन्। सरकारको बजेट

पोर्चुगलका राष्ट्रपतिद्धारा संसद विघटन, निर्वाचनको घोषणा

२० मङ्सिर : पोर्चुगलमा संसद विघटन गर्दै अग्रिम निर्वाचनको घोषणा गरिएको छ । राष्ट्रपति मर्केलो रिबेलो डि सौसाले आइतबार संसद विघटन गरिएको घोषणा गर्दै निर्वाचनको मिति तोकेका हुन् ।उनले आगामी सन् २०२२ को जनवरी ३० तारिखका दिन संसदीय निर्वाचन गर्ने घोषणा गरेको समाचारमा जनाइएको छ । सन् १९७४ अप्रिल २५ देखि अहिलेसम्म पोर्चुगलमा आठ पटक […]

संसद विघटन सही थियो भन्ने पार्टीको निष्कर्ष हो : बादल

काठमाडौं : नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले संसद विघटन सही भएको जिकिर गरेका छन्। भोलिदेखि सुरु हुने विधान महाधिवेशनबारे जानकारी दिन एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा बादलले भने, 'स्थायी कमिटी र केन्द्रीय बैठकमा संसद विघटनको बिषयमा मतभेद भएको थियो। तर, पार्टीको आधिकारिक निर्णय संसद विघटन नै सही भन्ने नै हो।’दक्षिणपन्थी अवसरवादीहरूले नेकपा नेतृत्वको सरकार ढाल्ने चलखेल गरेकै कारणले अहिलेको परिस्थिति आएको उनको भनाइ छ। पार्टीभित्र दक्षिणपन

ओलीले आफ्नो बचाउ गर्न संसद विघटन गरे : कृष्ण प्रसाद सिटौला

विराटनगर : नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले पार्टीको झगडाको रिस संसदमा पोखेका प्रधानमन्त्री ओलीले आफ्नो बचाउ गर्न संसद विघटन गरेको आरोप लगाएका छन्। उनले संसद विघटन जनताको अधिकार माथिको माहामारी भएको पनि बताएका छन्। बहुमतको प्रधानमन्त्रीको इच्छामा संसद विघटन गर्ने अधिकार संविधानमा नभएको भन्दै नेता सिटौलाले सर्वोच्च अदालतले आफ्नो…

संविधानले संसद विघटन गर्ने अधिकार दिएको छैन : सभामुख अधिकारी

गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले संविधानले संसद विघटन गर्ने अधिकार नदिएको बताएका छन् ।...

प्रधानमन्त्रीको विशेष अधिकारअनुसार संसद विघटन गरेको हुँ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको विशेषअधिकारअनुसार संसद विघटन गरेको बताएका छन्

संसद विघटन साहसिक कदम : बादल

१८ पुस, काठमाडौं । नेकपा ओली समूहका नेता रामबहादुर थापा बादलले संसद विघटन साहसिक कदम भएको बताएका छन् । आफ्नै पार्टीका नेताहरुले अविश्वासको प्रस्ताव ल्याएर राजनीतिक कू गर्न खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने राजनीतिक कदम चालेको उनले बताए । ओली समूहको काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री समेत रहेका बादलले भने, ‘बाहृय […]