कात्तिक ८ गतेदेखि चितवनमा अन्तरराष्ट्रिय भैंसी सम्मेलन हुँदै

कात्तिक ६, चितवन । कृषि तथा वन विश्व विद्यालय रामपुरमा अन्तरराष्ट्रिय भैंसी सम्मेलन हुने भएको छ । यही कार्तिक ८ देखि १२ गतेसम्म भर्चुअल माध्यमबाट ‘एशियन बफेलो कंग्रेस’ शुरु हुने भएको हो । शनिवार भरतपुरमा विश्वद्यिालयले पत्रकार सम्मेलनको आयोजना गरी यसबारे जानकारी दिइएको हो । यो एशिएन बफेलो कंग्रेसको १० औं संस्करण हो । अब हुने सम्मेलन नेपालमा भने पहिलो पटक हुन लागेको हो । कालो सुनको रुपमा मानिएको  भैंसीको पालन, व्यवस्थापन, स्वास्थ्य, बजारीकरण एवम् उपयोगीता बारे वैज्ञानिक खोज, अनुसन्धान तथा प्रचारप्रसारका लागि सम्मेलन आयोजना गरिएको आयोजकले बताएको छ ।  सम्मेलनमा १७ ओटा राष्ट्रका प्रख्यात विज्ञहरुले १३५ भन्दा बढी कार्यपत्रहरु प्रस्तुत गर्नेछन् । ३५० भन्दा बढी वैज्ञानिक, प्राध्यापक, कृषक, विद्यार्थी तथा सम्बन्धित विषयका सरोकारवालाहरुबीच छलफल तथा बहस हुने आयोजक समितिका अध्यक्ष प्रा.डा. भूमिनन्द देवकोटाले जानकारी दिए । सो सम्मेलनमा नेपालमा अनुसन्धानमा आधारित भैंसी अनुसन्धान केन्द्र स्थापनाका पनि कृषि विश्वविद्यालयले प्रस्ताव पेश गर्ने प्राडा देवकोटाले बताए । बिभिन्न राष्ट्रहरुबीच भैंसी पालनको ज्ञान र उपलब्धिको आदानप्रदान गर्न समेत सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको  छ  ।  सम्मेलन भैंसी उत्पादन र बिकासका लागि कोषेढुंगा हुने आयोजकको  अपेक्षा छ । विश्व विद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले नेपालमा नै यस किसिमको सम्मेलन हुनु गर्व र गौरवको बिषय भएको बताए । चितवन पशुपलन, मत्स्यपालन तथा पशुपंक्षीको दृष्टिकोणले महत्वपूर्ण जिल्ला भएकोले यो कार्यक्रम थप प्रभावकारी हुने उनको भनाइ छ । सम्मेलनको ८ गते कृषि तथा पशुपंक्षी मन्त्री महिन्द्र राय यादवले उद्घाटन गरिने कार्यक्रम रहेको छ । यसअघि जुन ३ देखि ५ तारिखमा भौतिक रुपमा नै आयोजना गर्न लागिएको सम्मेलन कोभिडका कारण पछि धकेलिएको हो । एशियामा विश्वकै सबैभन्दा धेरै भैंसी उत्पादन हुने गर्दछ । भैंसीको कुल संख्याको ९० प्रतिशत एशियामा नै छ । नेपालमा ५२ लाखको हाराहारीमा भैंसी रहेको अनुमान छन् । नेपालमा दूध उत्पादनमा भैंसीले ६५ तथा मासुमा ५४ प्रतिशत स्थान ओगटेको तथ्यांक छ ।

सम्बन्धित सामग्री

कात्तिक ८ गतेदेखि चितवनमा अन्तरराष्ट्रिय भैंसी सम्मेलन

कात्तिक ६, चितवन । कृषि तथा वन विश्व विद्यालय रामपुरमा अन्तरराष्ट्रिय भैंसी सम्मेलन  हुने भएको छ । यही कात्तिक ८ देखि १२ गतेसम्म भर्चुअल माध्यमबाट ‘एशियन बफेलो कङ्रेस’ शुरु हुने भएको हो ।शनिवार भरतपुरमा विश्वद्यिालयले पत्रकार सम्मेलनको आयोजना गरी यसबारे जानकारी दिएको हो ।यो एशियन बफेलो कङ्रेसको १० औं संस्करण हो । अब हुने  सम्मेलन नेपालमा भने पहिलो पटक हुन लागेको हो । कालो सुनको रुपमा मानिएको  भैंसीको पालन, व्यवस्थापन, स्वास्थ्य, बजारीकरण एवं उपयोगीता बारे वैज्ञानिक खोज, अनुसन्धान तथा प्रचारप्रसारका लागि सम्मेलन आयोजना गरिएको आयोजकले बताएको छ ।  सम्मेलनमा १७ ओटा राष्ट्रका विज्ञहरुले १३५ भन्दा बढी कार्यपत्रहरु प्रस्तुत गर्नेछन् । ३५० भन्दा बढी वैज्ञानिक, प्राध्यापक, कृषक, विद्यार्थी तथा सम्बन्धित विषयका सरोकारवालाहरु बीच छलफल तथा बहस हुने आयोजक समितिका अध्यक्ष प्राडा भूमिनन्द देवकोटाले जानकारी दिए । सो सम्मेलनमा नेपालमा अनुसन्धानमा आधारित भैंसी अनुसन्धान केन्द्र स्थापनाका पनि कृषि विश्वविद्यालयले प्रस्ताव पेश गर्ने प्राडा देवकोटाले बताए  । विभिन्न राष्ट्रहरु बीच भैंसी पालनको ज्ञान र उपलब्धिको आदानप्रदान गर्न समेत सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको  छ  ।  सम्मेलन भैंसी उत्पादन र बिकासका लागि कोषेढुङ्गा हुने आयोजकको  अपेक्षा छ । विश्व विद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीले नेपालमा नै यस किसिमको सम्मेलन हुनु गर्व र गौरवको बिषय भएको बताए  । चितवन पशुपलन, मत्स्यपालन तथा पशुपंक्षीको दृष्टिकोणले महत्वपूर्ण जिल्ला भएकोले यो कार्यक्रम थप प्रभावकारी हुने उनको भनाइ छ । यस अघि जुन ३ देखि ५ तारिखमा भौतिक रुपमा नै आयोजना गर्न लागिएको सम्मेलन कोभिडका कारण पछि धकेलिएको हो । एशियामा विश्वकै सबै भन्दा धेरै भैंसी उत्पादन हुने गर्दछ  । भैंसीको कुल संख्याको ९० प्रतिशत एशियामा नै छ । नेपालमा ५२ लाखको हाराहारीमा भैंसी रहेको अनुमान छ । नेपालमा दूध उत्पादनमा भैंसीले ६५ तथा मासुमा ५४ प्रतिशत स्थान ओगटेको तथ्यांक छ ।

चितवनमा भैंसी सम्मेलन गरिँदै

चितवन । भैंसीपालनको विकास र सवलीकरणका लागि चितवनमा चार दिने भैंसी सम्मलेन गरिने भएको छ । कृषि तथा वन विश्व विद्यालय रामपुरमा कात्तिक ८ देखि १२ गतेसम्म एसियन बफेलो कङ्रेस गर्न लागिएको हो । आज भरतपुरमा विश्वविद्यालयले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।   अन्तर्राष्ट्रियस्तरमा दशौं पटक मनाउन लागिएको भैंसी...