सवारी दुर्घटना कम गर्ने उद्देश्यले लुम्बिनी ट्राफिक प्रहरी कार्यालयले सयम निर्धारण प्रणाली (टाइम कार्ड) कार्यान्वयनमा ल्याएको छ ।
पाल्पाको दोभानबाट बुटवल धागो कारखाना, धागो कारखानाबाट सुनवल र दोभानबाट भैरहवा अञ्चलपुरसम्म चल्ने टिपरका लागि सयम निर्धारण गरिएको हो ।
टिपअनुसारको ज्याला पाउने भएकाले अत्यधिक गतिमा टिपर चलाउँदा दुर्घटना बढेका कारण अनिवार्य समय निर्धारण गरिएको लुम्बिनी ट्राफिक प्रहरी कार्यालयले सोमबार बुटवलमा पत्रकार भेटघाट गरी जानकारी गराएको छ । दोभानबाट धागोकारखानासम्म ११ किलोमिटर दूरी ३३ मिनेट समयमा पुग्न...