काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसकाे उत्पत्तिबारे दोस्रो चरणको अनुसन्धानमा सहयोग गर्न चीनलाई आग्रह गरेको छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले भाइरस उत्पत्तिबारेको अनुसन्धानका लागि थप पहुँच र पारदर्शिता आवश्यक भएको भन्दै सहयोग गर्न आग्रह गर्नुभएको बीबीसीले जनाएको छ ।
भाइरसको उत्पत्तिबारेमा डब्ल्यूएचओले वुहानमै पुगेर गरेकाे पहिलो चरणको अनुसन्धान गएको फेब्रुअरीमा सकिएको थियो । त्यस बेला भाइरस प्रयोगशालाबाट फैलिएको हुन सक्ने सम्भावना अत्यन्त कम रहेको भन्दै चमेरामा उत्प...