पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष भण्डारीको कोरोनाबाट निधन

काठमाडौं : कोरोना संक्रमणका कारण नेपाल पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष एकराज भण्डारीको निधन भएको छ।शनिबार झापाको विर्ता सिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाले जानकारी दिए।  पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ५ घर भएका भण्डारी १२ दिनदेखि उपचाररत थिए। ५२ वर्षीय भण्डारीका श्रीमती र तीन छोरा-छोरी छन्। कञ्चनजंघा एकेडेमी फिदिममा सञ्चालक सदस्य रहेका भण्डारी  सोही एकेडेमीमा प्राध्यापक थिए। 

सम्बन्धित सामग्री

पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष भण्डारीको निधन - Purbeli News

पाँचथर / नेपाल पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको निधन भएको छ । गत वैशाश ३१ गते कोरोना भाइरस सङ्क्रमण भई झापाको विर्तासिटी अस्पतालमा उपचाररत ५२ वर्षीय भण्डारीको शनिबार अपरान्ह ४ः३० बजे निधन भएको हो । श्वासप्रश्सावमा समस्या देखिएका भण्डारीलाई भेण्टिलेटरमा राखी उपचार भइरहेकामा शनिबार निधन भएको छ । उनको पार्थीव शरीरलाई शनिबारै फिदिम–४...

कोरोनाबाट पत्रकार महासंघ उपाध्यक्ष भण्डारीको निधन, प्रेस युनियन शोकमा

नेपाल पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको निधन भएको छ । गत वैशाश ३१ गते कोरोना भाइरस भइ झापाको बिर्तासिटी अस्पतालमा उपचाररत ५२ वर्षीय भण्डारीको शनिबार अपरान्ह ४ः३० बजे निधन भएको हो ।