सभामुखले बोलाए पूर्वसभामुखको बैठक : नेम्वाङ सहभागी नहुने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखको बैठक डाकेका छन् । प्रधानमन्त्री र राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा सभामुखको भूमिकाका विषयमा छलफल गर्न  सापकोटाले आज दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा पूर्वसभामुखहरुलाई बोलाएका हुन् । सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले समसमायिक विषयमा छलफल गर्न सभामुखले पूर्वसभामुखहरुको बैठक डाकेको जानकारी दिए...