मतदान केन्द्रमा अनुगमन गरिँदै

प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग हुने मतदानस्थल तथा मतदान केन्द्रबारे निर्वाचन र सुरक्षा निकायले चासो देखाएको छ ।विगतका निर्वाचनका आधारमा तोकिएका मतदानस्थल र केन्द्रको अवस्थाबारे सूक्ष्म तवरबाट बुझ्न सुरक्षा निकाय र निर्वाचनको टोलीले अनुगमन तथा निरीक्षण थालेको छ ।