किताब बेचेर स्वतन्त्रबाट चुनाव लड्दै रामरिझन यादव

नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य रामरिझन यादवले सिरहा क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी यसपटक आफ्नो पुस्तक ‘मानव साङ्गलो’ बेचेर चुनाव लड्ने भएका हुन् । उनी भन्छन्, यसपटक ‘एक भोट एक पुस्तक’ अभियानका साथ स्वतन्त्र उम्मेदवारी दिन्छु ।’ क्षेत्रका प्रत्येक मतदातासँग मत माग्न जाने र त्यो पुस्तक खरिद गर्न आग्रह गर्ने बताउँदै उनले त्यहीँ पुस्तक बिक्री भएको आम्दानीबाट चुनाव लड्ने आफ्नो तयारी रहेको बताए ।यसपटक कसैसँग कुनै चन्दा वा