जीवन विकास लघुवित्तको आईपीओ बुधवार विहान बाँडफाँट हुने निश्चित

असार २२, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बुधवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा विहान साढे ९ बजे आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । कम्पनीको आईपीओको प्रि -अलोटमेण्ट भने सोमवार गरिएको थियो । कम्पनीले असार ११ गतेदेखि १५ गतेसम्म सार्वजनिक निष्कासन मार्फत १८ लाख ४८ हजार १५ कित्ता शेयर विक्री  गरेको हो । यो शेयर १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् भने बाँकी ५ कित्ता शेयर थप ५ जनाले एक कित्ताका दरले प्राप्त गर्नेछन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार कम्पनीको आईपीओ खरीदका लागि २० लाख ५९ हजार ३५८ जनाले आवेदन दिएका छन् । यी आवेदकहरुबाट मागभन्दा १६ दशमलव ७३ गुणा बढी रू. ३ अर्ब ९ करोड १० लाख ५३ हजार बराबरको ३ करोड ९ लाख १० हजार ५३० कित्ताका लागि आवेदन परेको हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याईएको रू. १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओमध्य शून्य दशमलव ५ प्रतिशत दरको ३० हजार ४२० कित्ता कर्मचारीहरु र ५ प्रतिशत दरको ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित राखेको छ । कम्पनीको जारी पूँजी रू। ६० करोड ८४ लाखको ३२ दशमलव ५० प्रतिशत शेयर सर्वसाधारणमा विक्री गरेको हो । कम्पनीले आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट जेठ ३० गते अनुमति पाएको हो । कम्पनीले २०७७ साल फागुन १७ गते आईपीओ निष्कासनको लागि बोर्डमा निवेदन दिएको थियो ।  हाल कम्पनीको संस्थापक तर्फबाट मात्र चुक्ताभएको पूँजी रू. ४१ करोड ६ लाख ७० हजार रहेको छ । आईपीओ पश्चात यो पूँजी रू. ६० करोड ८४ लाख पुग्नेछ । आर्थिक वर्ष ०७६/ ७७ सम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ३०५ दशमलव २७ रहेको छ भने प्रतिशेयर आम्दानी रू. १०४ दशमलव ९७ रहेको छ । नेप्सेले प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य पहिलो कारोबारका लागि तोक्ने हुँदा कम्पनीले पहिलो कारोबारका लागि रू। ३०५ दशमलव २७ देखि रू.९१५ दशमलव ८१ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।   

सम्बन्धित सामग्री

जीवन विकास लघुवित्तको आईपीओ सूचीकृत, बिहीवारदेखि कारोबारमा आउने

साउन १३, काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओ सूचीकृत भएको छ । कम्पनीको ६० लाख ८४ हजार कित्ता आईपीओ सूचीकृत भएको हो । अब यो शेयर बिहीवारदेखि कारोबारमा आउनेछ ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि  रू. ३०५ दशमलव २७ देखि ९१५ दशमलव ८१ सम्म ओपन रेञ्ज तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । नेपाल स्टक एक्सचेञ्ज र कम्पनी बीच साउन १३ गते सूचीकरण सम्झौता भएसँगै बिहीवारदेखि कारोबारमा आउने भएको हो । कम्पनीको असार २३ गते आईपीओ बाँटफाँट भएको हो । उक्त बाँडफाँटमा गोलाप्रथाबाट २० लाख १८ हजार ३०१ जना योग्य आवेदक मध्ये भाग्यमानी १ लाख ८४ हजार ८०१ जनाले १० कित्ता शेयर पाएका छन् ।  १ लाख ८४ हजार ८०१ आवेदकमध्ये पाँच जनाले आवेदकले ११ कित्ताका दरले शेयर पाएको विक्री प्रबन्धकले जानकारी दिएको हो । कम्पनीले असार ११ गतेदेखि १५ गतेसम्म १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्कासन गरेको थियो ।  जसमध्ये ३० हजार ४२० कित्ता कर्मचारीको लागि ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो । हाल कम्पनीको सस्थापक तर्फबाट चुक्ता भएको पूँजी रू. ४९ करोड ६ लाख ७०हजार रहेको छ । आईपीओ निष्कासन बाँडफाँट पछि पूँजी रू. ६० करोड ८४ लाख पगेको छ । त्यसैगरी आव २०७६/७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. १०४ दशमलव ९७ रहेको छ ।

जीवन विकास लघुवित्तको आईपीओ डिम्याट खातामा, कति पाउला त ओपन रेञ्ज ?

साउन १२, काठमाडौं ।जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओ डिम्याट खातामा आएको छ ।   कम्पनीको आईपीओ जेबीएलबी स्टक कोडबाट डिम्याट खातामा आएको हो । कम्पनीको आईपीओ नेप्सेमा सूचिकरण प्रक्रियामा रहेको छ ।  कम्पनीको आईपीओले पहिलो कारोबारको लागि रू. ३०५ देखि ९१५ दशमलव ८१ ओपन रेञ्ज पाउने देखिएको छ ।  कम्पनीको आव २०७६/ ७७ को बास्तविक प्रतिशेयर नेटवर्थ रू. ३०५ दशमलव २७ रहेको र नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएको उक्त रेञ्ज पाउने देखिएको हो ।    कम्पनीको आईपीओ गत असार २३ गते बाँटफाँट भएको हो । उक्त बाँडफाँटमा गोलाप्रथाबाट २० लाख १८ हजार ३०१ जना योग्य आवेदकमध्ये १ लाख ८४ हजार ८०१ जनाले १० कित्ता शेयर पाएका थिए । ती आवेदकमध्ये अझ पाँच जना आवेदकले  त ११ कित्ताका दरले शेयर पाएका थिए । कम्पनीले असार ११ गते देखि १५ गतेसम्म १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ३० हजार ४२० कित्ता कर्मचारीको लागि ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको र बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।  हाल कम्पनीको संस्थापक तर्फबाट चुक्ता भएको पूँजी रू. ४९ करोड ६ लाख ७० हजार रहेको छ । आईपीओ निष्कासन तथा बाँडफाँट पछि पूँजी रू.६० करोड ८४ लाख पगेको छ । त्यसैगरी आव २०७६/ ७७ सम्म कम्पनीको बास्तविक प्रतिशेयर नेटवर्थ रू. १०४ दशमलव ९७ रहेको छ ।

जीवन विकास लघुवित्तको आईपीओको नतिजा चार ओटा वेब साइटबाट हेर्न सकिने

असार २३, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट बुधवार विहान भइसकेको छ । कम्पनीको आईपीओ बाँडफाँट बिहान ९ बजे विक्री प्रबन्धकको कार्यालय एनएमबि क्यापिटलमा भएको हो ।  आईपीओ बाँडफाँट भएपनि नतिजा भने अपरान्ह ३ बजे पछि मात्र हेर्न मिल्ने विक्री प्रबन्धक एनएमबि क्यापिटलले बताएको छ ।  आईपीओको नतिजा चार ओटा वेब साइटबाट हेर्न मिल्नेछ । विक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट, मेरो शेयर, जीवन विकास लघुवित्त वित्तीय संस्था र सिडिएसको नयाँ वेबसाइट www.iporesult.cdsc.com.np बाट हेर्न सकिने छ ।  कम्पनीको आईपीओ बाँटफाँटमा गोलाप्रथाबाट २० लाख १८ हजार ३०१ जना योग्य आवेदकमध्ये १ लाख ८४ हजार ८०१ जनाले शेयर पाएका छन् । १ लाख ८४ हजार ८०१ आवेदकमध्ये पाँच जनाले आवेदकले भने ११ कित्ताका दरले शेयर पाएको विक्री प्रबन्धकले बताएको छ ।  यो पनि हेर्नुस् : जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँट, बढी पाउनेले ११ कित्तासम्म पाए