दसैँलगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोना खोप : राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैँलगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोना खोप उपलब्ध गराउने बताउनुभएको छ । राज्यमन्त्री श्रेष्ठले आज बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले कान्ति बाल अस्पतालमा दिएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै १८ वर्षमुनिका बालबालिकाका लागि एक करोड मात्रा कोरोना विरुद्धको खोप आउने सुनिश्चित भइसकेको बताउनुभएको हो । “४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदका लागि व्यवस्था भइसकेको छ”, उहाँले भन्नुभयो । दसैँलगत्तै एक लाख फाइजर खोप आउने उहाँको भनाइ थियो ।

सम्बन्धित सामग्री

असोज मसान्तसम्म ३३ प्रतिशत जनतालाई खोप दिइन्छ: राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले किशोर किशोरीलाई लक्षित गरी फाइजर र मोर्डेनाका कोरोना खोप ल्याउने गरी गृहकार्य अघि बढाइएको बताएका छन्।

सरकारी अस्पताल राम्रो बनाउँछु, कोरोना खोप पहिलो प्राथमिकता: राज्यमन्त्री श्रेष्ठ

‘स्वास्थ्यको इन्चइन्च समस्या थाहा छ। सरकारी अस्पतालको व्यवस्थापन पक्ष राम्रो बनाउँछु,’ उनले भने।