काठमाडौँ - सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले निर्माण व्यवसायीका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताएकी छिन् । निर्माण क्षेत्र अस्तव्यस्त बनेको बताउँदै उनले व्यवसायीका आवश्यक माग सम्बोधनको पहल गरिने बताइन् ।
नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा मन्त्री झाँक्रीले अन्य मन्त्रालयसँग समन्वयका...