दाङको तुलसीपुरमा बस दुर्घटना, १ जनाको मृत्यु

दाङको तुलसीपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।  तुलसीपुर उपमहानगर ६ मोतिपुरमा भएको दुर्घटनामा १ जना यात्रुको मृत्यु भएको हो  । दुर्घटनामा २१ जना यात्रु घाइते भएका छन्। दुर्घटनामा परेर घोराही १० निवासी २८ वर्षी प्रेम नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ६ ख ७६३३ नम्बरको बस मोतिपुरका ओरालोमा सडकदेखि तल खस्दा त्यसमा सवार २१ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । 

सम्बन्धित सामग्री

दाङको तुलसीपुरमा यात्रुबहाक बस दुर्घटना - NepaliPatra

तुलसीपुर । दाङको तुलसीपुरमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । बर्दियाको बढैयाताल गाउँपालिका– ६ मैनापोखरबाट पिक्निकको लागी दाङ आउँदै गरेको भे १ ख २०४१ नम्बरको गाडी आज बिहान तुलसीपुर १३ दमारगाँउ नजिकै दुर्घटनामा परेको हो । दुर्घघनामा परी ३० जना भन्दा धेरै घाइते भएको उनले बताए । घाइते मध्य केहीलाई नेपालगञ्ज र केही तुलसीपुरतर्फ उपचारका […]

तुलसीपुरमा यात्रुवहाक बस दुर्घटना हुँदा १८ यात्रु घाइते

दाङको तुलसीपुरमा यात्रुबहाक बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन्। घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ५१३१नम्बरको बस अपरान्ह ४ बजेतिर तुलसीपुर ६ हात्तिखौवामा दुर्घटना पर्दा ११ जना...

दाङमा विद्यार्थी बोकेको बस दुर्घटना : एकजनाको मृत्यु‚ २२ घाइते

काठमाडौं : दाङको तुलसीपुरमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। २२ जना घाइते भएका छन्। घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ।पब्लिक ज्ञान ज्योति  बोर्डिङ स्कुलको रा १ ख ४३३ नम्बरको बस तुलसीपुर सरैया डाँडामा मंगलबार बिहान दुर्घटना भएको हो। दुर्घटनामा कक्षा १२ मा अध्ययनरत तुलसीपुर उपमहानगरपालिका-१६ की १९ वर्षीया सम्झना केसीको मृत्यु भएको हो। उनको तुलसीपुरस्थित सिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो।प्रहरीका अनुसार गम्भीर घाइ