प्रचण्ड र बाबुरामबीच गोप्य छलफल

नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईबीच शुक्रबार साँझ गोप्य भेटवार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित बनेको बेला प्रचण्ड र भट्टराईबीच भेटवार्ता भएको हो । प्रचण्ड नेपाल समूहले जस्तै भट्टराईले पनि ओलीको कदमको चर्को विरोध गर्दै आएका छन् । यही बीचमा दुई नेताबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ ।  लैनचौरस्थित एक घरमा भएको छलफलमा ओलीको कदमविरुद्धको आन्दोलनमा कार्यगत एकतालगायत पार्टी एकीकरणसम्मको विषयम...

सम्बन्धित सामग्री

निर्वाचनको मितिबारे छलफल गर्न देउवा र प्रचण्ड भेट्दै

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेट हुने भएको छ । प्रधानमन्त्री भेट्न प्रचण्ड केहीबेरमा बालुवाटार जाँदै छन् । निर्वाचनको मिति घोषणा गर्ने विषयमा छलफल गर्न प्रचण्ड बालुवाटार जाने लागेको स्रोतले जनाएको छ । माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सकिए लगत्तै प्रचण्ड […]

सिंहदरबारमा प्रचण्ड र बाबुरामबीच छलफल

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईबीच आज समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले जसपाबाट बाहिरिए पनि डा भट्टराईले आफू गठबन्धन भन्दा बाहिर नगएको बताउनुभएको जानकारी दिनुभयो । नयाँ […]

प्रचण्ड र भट्टराईबीच सिंहदरबारमा छलफल

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका पूर्व सङ्घीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच छलफल भइरहेको छ ।  सिंहदरबारमा रहेको नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई जना नेताबीच दिउँसाे १ बजदेखि छलफल भइरहेको हो । छलफल एमालेबाहेकको वाम गठबन्धन बनाउने विषयमा केन्द्रित रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।  जनता समाजवादी पार्टीबाट निष्कासनमा परेर नयाँ पार्टी गठन गर्ने तयारीमा रहनुभएका भट्टराईले माओवादी केन्द्रमै आफू प्रवेश नगर्...

देउवा, प्रचण्ड र नेपालको भेट, एमसीसी र महाभियोगबारे छलफल

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता अघि बढाउने विषयमा छलफल भएको छ ।  मंगलवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका नेता माधव नेपालबीच छलफल भएको थियो ।  छलफलमा एमसीसी र प्रधानन्यायाधीशविरुद्धको महाभियोगबारे नेताहरूबीच मुख्यगरी छलफल भएको बताइएको छ ।  नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा प्रचण्ड र नेपालसँग छलफलपछि मात्रै कांग्रेसको...

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच छलफल

काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना (एमसिसी) बारेमा आज सत्तारुढ दलका शिर्ष नेताहरुसँग छलफल गरेका छन् । देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका माधव कुमार नेपालसँग छलफल गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलाका शिर्ष तीन नेताबीच एमसिसी परियोजनालाई कसरी अगाडि […]

देउवा, प्रचण्ड र नेपालबीच छलफल

काठमाडौँ । सत्तारुढ गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताबीच आज पनि छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो । पछिल्लो समय अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता संसदबाट पारित गर्ने कि नगर्ने […]

प्रचण्ड र नेपालबीच सिंहदरबारमा छलफल

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच विहीबार छलफल भएको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा छलफल भएको हो । सो भेटका क्रममा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको प्रचण्ड निकट स्रोतले जनाएको छ । यस्तै एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउन चाहेका तर सनाखत गर्न […]

माधव नेपाल, प्रचण्ड र विप्लवबीच नेपाल निवासमा छलफल

काठमाडौं। एमाले वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच छलफल भएको छ। छलफलका लागि एमाले वरिष्ठ नेता नेपालको निवासमा प्रचण्ड र विप्लव पुगेका हुन्। यसअघि बुधवार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र विप्लवबीच भेट भएको थियो। नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक परिस्थितिका सम्बन्धमा छलफल भएको जनाईएको छ।

सत्ता साझेदारीबारे प्रचण्ड - नेपाल समूह र जसपाका नेताहरुबीच छलफल

काठमाण्डौ - नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच छलफल भएको छ । प्रतिनिधिसभा पुनःस्थापनासँगै अब बन्ने नयाँ सरकारका लागि सत्ता साझेदारीबारे छलफल भएको जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिनुभयो । हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेको नेकपाको प्रचण्ड-नेपाल समूहले आज जसपाका नेताहरुसँग छलफल गरेको हो । प्रचण्ड-नेपालका नेताहरुसँग भेट्न जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता महतो, नेता राजेन्द्र श्रेष्ठलगायत नेताहरु पेरिसडाँडा पुगेका थिए ...

सत्ता समीकरणको कसरत : प्रचण्ड-माधवले जसपा नेताहरुसँग गरे छलफल

१३ फागुन, काठमाडौं । नेकपाको प्रचण्ड-माधव समूहले जनता समाजवादी पार्टी (जसपा)सँग सत्ता साझेदारीको विषयमा छलफल थालेको छ । बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेको सो समूहले आज संसदको तेस्रो ठूलो दल जसपाका नेताहरुसँग छलफल थालेको हो । नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता […]