‘क्यान्टोनमेन्टको काण्डलाई कानूनी तवरबाट बाहिर ल्याउनुपर्छ’

काठमाडौं : राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई जघन्य र मानव तस्करी अपराधका रूपमा गम्भीर ढंगले छानबिन गर्नुपर्ने बताएकी छन्। मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा उनले जनता वास्तविकता र सत्यतथ्य बुझ्न चाहिरहेको उल्लेख गर्दै अपराधलाई संरक्षण गर्नु नहुने बताएकी हुन्। सांसद देवकोटाले भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रूपमा नै नेपालको छवि नराम्रो बनाएको बताइन्। उनले भनिन्, ‘नक्कली भुटानी शरणार्थी प्रकरणलाई जघन्य र मानव तस्करी अपराधका रूपमा ग