एमाले महाधिवेशन : बन्दसत्रमा प्रवेश अघि भीम रावलको उम्मेदवारीसम्बन्धी पर्चा खोसिँदै

नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत दोस्रो दिन बन्दसत्र सुरु हुन लागेको छ । बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरु प्रवेश गर्ने क्रममा स्वयंसेवकहरुले केही विषयमा कडाइ गरेका छन् ।एमालेको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका भीम रावलको चुनाव प्रचारसम्बन्धी पर्चा बोकेर कसैलाई पनि बन्दसत्रभित्र प्रवेश गर्न दिइएको छैन । स्रोतका अनुसार मनोनयनपत्र दर्ता नै नभएका कारण पर्चा बोकेर बन्दसत्रभित्र प्रवेशमा रोक लगाइएको हो । स्वयंसेवकहरुले त्यस्ता पर्चा खोसेरमात्र बन्दसत्र आयोजनास्थलभित्र प्रवेश गर्न दिएका छ

सम्बन्धित सामग्री

एमाले महाधिवेशन : प्रमाण पत्र वितरण र शपथ आजै, चितवन घोषणा पत्र जारी गरिने

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन चितवन घोषणा पत्र जारी गर्दै आजै सकिने भएको छ । अध्यक्ष, उपाध्यक्षसहित केही पदका लागि भएको निर्वाचनको मतगणना सकेर निर्वाचितलाई आजै प्रमाणपत्र वितरण र शपथ ग्रहणको कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । विद्युतीय भोटिङ मशिनको प्रयोग भएकाले मतगणना छिट्टै सकिने अपेक्षा गरिएको छ । एमालेका कुल २ हजार ९६ प्रतिनिधिले मतदान गरेका छन् भने ५७ जना मतदानमा अनुपस्थित रहे । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी छ ।

एमाले महाधिवेशन: वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव सर्वसम्मत

नेकपा एमालेको दशौं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।  अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको सूची मध्ये वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलबाहेक कसैले मनोनयन नगरेपछि उनी सर्वसम्मत भएका हुन् ।  महासचिवमा पनि शंकर पोखरेलविरुद्ध कसैले उम्मेदवारी दिएनन् । उनी सर्वसम्मत भएका छन् । उपमहासचिवत्रय प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि सर्वसम्मत भएका छन् ।  अध्यक्षमा केपी ओली र भीम रावलको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ओलीले प्रस्ताव ग...

एमाले महाधिवेशन : सचिवको ‘लबिङ’मा लर्को, ओलीका अगाडि खोल्दैनन् मुख !

काठमाडौं : नेकपा एमालेको १० औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा पार्टी पदाधिकारीका आकांक्षीको संख्या बढ्दै गइरहेको छ। महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन हुने भएकाले पदाधिकारीका आकांक्षीको लर्को लागेको हो। महाधिवेशनले १५ पदाधिकारीसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ। अध्यक्षमा केपी शर्मा ओलीलाई नै पुनः दोहोर्‍याउने प्रयास भइरहेका वेला उपाध्यक्ष भीम रावलको उम्मेदवारी घोषणाले धक्का लागेको छ। माधवकुमार नेपाल र झलनाथ खनालबिना पहिलोपटक हुन लागेको महाधिवेशनमा