कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

काठमाडौं । ग्लोबल मनी विक–२०२४ को अवसरमा कामना सेवा विकास बैंकले विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । अर्गानाइजेसन अफ इकानोमिक कर्पोरेसन एन्ड डेभलपमेन्टको संयोजनमा हरेक वर्ष मार्च महिनामा सप्ताह मनाउने गरिन्छ । यो वर्षको अभियान १८ […]

सम्बन्धित सामग्री

बुटवलमा कामना सेवा विकास बैंकको डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कामना सेवा विकास बैंक बुटवल क्षेत्रले ग्लोबल मनी विक २०२४ को उपलक्ष्यमा शनिबार बुटवलका उद्

ट्राफिक प्रहरीलाई कामनाको वित्तीय साक्षरता

काठमाडौं– कामना सेवा विकास बैंकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रामशाहपथमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । ट्राफिक प्रहरीलाई बैंकिङ प्रणाली, बचत तथा कर्जा कारोबार र पछिल्लो समयमा बैंकिङ प्रणालीमा आएका डिजिटल बैंकिङका सम्बन्धमा प्रस्तुतीकरण गरिएको थियो । बैंकका ब्राण्डिङ विभाग […]

ट्राफिक प्रहरीलाई कामना सेवा विकास बैंकको वित्तीय साक्षरता

काठमाडौं। कामना सेवा विकास बैंकले शनिवार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ट्राफिक प्रहरीलाई वैंकिङ प्रणाली, वचत तथा कर्जा कारोबार र पछिल्लो समयमा बैंकिङ प्रणालीमा आएका डिजिटल बैंकिङका सम्बन्धमा जानकारी दिइएको बताइएको छ । बैंकका ब्राण्डिङ विभाग प्रमुख सुशिल पौडेलले बचतको महत्त्व, दैनिक जीवनमा गरिने बचत व्यवहार, कर्जासम्बन्धी कारोबार, कर्जा अनुशासन तथा डिजिटल बैंकिङको महत्त्व, अवसर र चुनौतीका वारेमा प्रस्तुतीकरण गरेका थिए । उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्यले दैनिक जीवनमा बचत गर्नुपर्ने थाहा भए पनि कसरी बचत गर्न सकिन्छ भन्ने विषयमा ध्यान नदिएको भन्दै साक्षरता कार्यक्रमले वचतको महत्त्व वुझाउन सहयोग गरेको बताए ।

कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं। कामना सेवा विकास बैंकले शनिवार शाखा कार्यालय भोटाहिटीमार्फत ‘अम: भिसा पुच:’को सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कमलादी गणेशस्थानको कुमारी पूजामा सहभागी हुन आएका बालबालिकाबीच उक्त कार्यक्रम गरिएको हो ।  बालबालिकाको सुनिश्चित र उज्ज्वल भविष्यको निर्माणको लागि सानैदेखि बचतको महत्त्व र बचत गर्ने बानी बसाल्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताइएको छ । कार्यक्रममा बैंकका कर्मचारीले बालबालिकालाई वित्तीय परिचालन सम्बन्धी जानकारी दिनुका साथै झोला लगायत सामग्री वितरण गरेका थिए ।

कामना सेवाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडाैं- वित्तीय साक्षरता आभिवृद्धि गरी वित्तीय प्रणालीलाई सघाउ पुर्याउने उद्देश्यले कामना सेवाविकास बैंकले समाजका हरेक वर्ग र क्षेत्रमा वित्तीय साक्षरता सञ्चालन गदैं आएकोमा कामना सेवा विकास बैंकको भोटाहिटी शाखाले शनिबार अमःभिसापुचः को सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कमलादी गणेशथान कुमारी पुजामा सहभागी हुन आएका स–सानाबालबालिकाहरु बीच सो कार्यक्रम सम्पन्न गरिएको हो । […]

कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं।  कामना सेवा विकास बैंकले सोमवार भक्तपुर बहुमुखी क्याम्पसमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले व्यवस्थापन संकायका विद्यार्थीलाई सुरक्षित भविष्यको सुनिश्चितता गर्दै सही वित्तीय निर्णय गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ कार्यक्रम गरिएको बैंकको भनाइ छ ।  उक्त कार्यक्रममा ६० विद्यार्थीको सहभागिता थियो । कार्यक्रममा सहभागीलाई बैंकका कर्मचारीले वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनुपर्ने सतर्कता लगायत विषयमा साक्षरता प्रदान गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रमुख व्यवसाय अधिकृत हरिप्रसाद लम्साल, जगाती शाखाका शाखा प्रमुख सुरजकुमार सरार्फ लगायत कर्मचारी र क्याम्पसका सहायक प्राध्यापक तुलसीराम घेमोसु तथा अन्य विद्यार्थीको उपस्थिति थियो ।

कामना सेवा विकास बैंक र त्रिवि व्यवस्थापन विभागबीच सम्झौता

काठमाडौं  । कामना सेवा विकास बैंकले त्रिभुवन विश्वविद्यालय (त्रिवि), व्यवस्थापन संकाय, व्यवस्थापन केन्द्रीय विभागसँग दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिका लागि सहयोग आदानप्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ । आइतवार भएको सम्झौतामा विभागले वित्तीय साक्षरता कार्यक्रम लगायत बैंकका विभिन्न कार्यक्रममा विद्यार्थी स्वयंसेवक उपलब्ध गराउने उल्लेख छ । साथै, विभागका कर्मचारी, व्यवस्थापन सदस्य तथा विद्यार्थीलाई बैंकको वित्तीय सेवा सुविधा प्रयोग गर्न प्रोत्साहन गरिने सम्झौतामा उल्लेख छ । उक्त सम्झौतापश्चात् बैंकले पहिचान गरेका क्षेत्रमा विभागले अनुसन्धान समेत गर्न सहमति भएको छ । बैंकले विभागका विद्यार्थीलाई इन्टर्नसिप कार्यक्रम र बैंकमा रोजगारको अवसर समेत प्रदान गर्ने बताइएको । बैंकले प्रत्येक वर्ष विभागले सिफारिश गरेका विद्यार्थीमध्ये दुई जनालाई शोधकार्य छात्रवृत्ति उपलब्ध गराइने बताइएको छ ।

कामना सेवाद्वारा वित्तीय साक्षरता कार्यक्रम

कामना सेवा विकास बैंकको भोटाहिटी शाखाले कलश इभेन्टस्सँगको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले लिटल मिस एन्जल २०२३ का सहभागी र उनीहरुका अभिभावकलाई सुरक्षित र ऋणमुक्त भविष्य सुनिश्चित गर्दै सही वित्तीय निर्णयहरू गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ यो कार्यक्रमको आयोजना गरेको जनाएको छ । उक्त कार्यक्रममा ३५ भन्दा बढि सहभागी […]

कामना सेवाको एकै दिन ३५ ठाउँमा वित्तीय साक्षरता कार्यक्रम

कामना सेवा विकास बैंकले स्थापनाको १६औँ वार्षिकोत्सवको अवसर पारेर एकै दिन ३५ ठाउँमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । स्थापना दिवस साप्ताहिक रूपमा मनाउने क्रममा बैंकले पहिलो दिन सातै प्रदेशमा...

कामना सेवा विकास बैंकले मनायो १५औं वार्षिकोत्सव

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले आफ्नो १५ औं वार्षिक उत्सवमा विभिन्न कार्यक्रमहरु आयोजना गरी सम्पन्न गरेको छ । वार्षिक उत्सवको अवसरमा बैंकको केन्द्रिय कार्यालय परिसरमा शुभकामना आदान प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम तथा निः शुल्क स्वास्थ्य सिबिरको समेत आयोजना गरिएको बैंकले जनाएको छ ।बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिण बस्नेतले बैंकले आज सम्मको लामो यात्राामा हासिल गरेको प्रगती तथा भाबी कार्ययोजनाका बारेमा प्रकाश पार्नुका साथै बैंकको यो यात्रामा हर तरहले सहयोग गर्नेहरु सबै प्रति आभार प्रकट गर्दै आगामी दिनहरुमा समेत यस्तै सहयोग र साथ पाइ रहने अपेक्षा व्यक्त गरेका छन् । बैंकका अध्यक्ष सुदिप आचार्यले बैंकको आज सम्मको यात्रामा सहयोग र साथ दिने नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज लि, सि. डि. एस. एन्ड क्ेिलयरिङ लि, बि. ओ. के क्यापिटल, कर्जा सुचना केन्द्र, पूर्व सञ्चालकहरु, कर्मचारी वर्ग, आम सञ्चार माध्यम, सहयोगी संघ संस्थाहरु तथा सम्पूर्ण शुभेच्छुकहरुप्रति हार्दिक आभार प्रकट गरेका छन् । कार्यक्रममा बैंकका संस्थापक कृष्ण आचार्य तथा बैंकका पुर्व अध्यक्ष्य मदन शर्मा खनालले संयुक्त रुपमा १५ औँ वार्षिक उत्सवको उपलक्ष्यमा केक काटेका थिए । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो १५ औं वार्षिक उत्सवको उपलक्ष्यमा हिमाल अस्पातलको सहकार्यमा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर पनि गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २१ कार्तिक देखि २७ कार्तिक सम्म साता भरी देशको विभिन्न स्थानहरुमा आफ्नो शाखाहरु मार्फत १५ भन्दा बढी सामाजिक कार्यक्रमहरु जस्तै सर्सफाइ तथा डस्टबीन वितरण कार्यक्रम, रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य सिविर, वित्तीय साक्षरता कार्यक्रम, बाल तथा वृद्धाश्रममा खाद्यन्न तथा अन्य सामाग्रीहरु वितरणका साथै समाजका उत्थानका लागि अन्य विभिन्न कार्यक्रमहरु आयोजना गरेको बैंकले जनाएको छ ।