तम्घासका मासु पसल मापदण्डविपरीत, फ्रिजमा कुहिएको मासु

गुल्मी : तम्घासमा सञ्चालित अधिकांश मासु पसल मापदण्डविपरीत रहेको पाइएको छ।भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले सोमबार बिहान गरेको मासु पसल अनुगमनका क्रममा दूध र मासु एकै ठाउँ राखेर बेचेको, धेरै दिनको बासी मासु सडेको अवस्थामा फेला परेको र व्यवसाय दर्ता नगरी चलाएको पाइएको केन्द्रका सूचना अधिकारी भरत गिरीले जानकारी दिए।मानव जीवनको स्वास्थ्यमा गम्भीर असर पर्ने गरी मासु पसल सञ्चालनमा रहँदा अनुगमन गर्ने निकायले हालसम्म कुनै कारवाही नगरी सुझावमात्रै दिएर आउने गरेको यहाँका उपभोक्ताहरुले

सम्बन्धित सामग्री