मुस्ताङमा सेनाको ‘हाई अल्टिच्युड’ तालिम शुरु

 मुस्ताङको जोमसोममा नेपाली सेनाले ‘हाई अल्टिच्युड र माउन्टेन वारफेयर’ तालिम संचालन गरेको छ । आइतबारबाट उच्च शिखर शिक्षालयमा शुरु भएको तालिममा अमेरिका, बंगलादेश, पाकिस्तान र दक्षिण कोरियाका ५ जना सैनिक सहभागी छन् ।पहाडी युद्धकला, रक क्राफ्ट र आइस क्राफ्ट सम्बन्धी ज्ञान दिने उद्देश्यले संचालित तालिम असोज १ गतेसम्म संचालन हुनेछ । तालिममा १६ जना नेपाली सेनाका अधिकृत र अन्य दर्जाका ६५ जनाको सहभागिता रहेको सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ । उच्च शिखर शिक्षालयका शिक्षाध