अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कारण विश्वभरि मूल्य वृद्धि भएको आरोप लगाएका छन् । रुसले युक्रेनमा आक्रमण गरेपछि तेल र ग्यासको मूल्य बढेपछि अन्य क्षेत्रमा पनि मूल्य वृद्धि भएको उनको भनाई छ ।विश्वभरि अहिले मूल्य वृद्धि भएको र कतिपय देशमा उर्जा, खाद्यान्नलगायतको अभाव समेत भएको उल्लेख गर्दै उनले त्यसको दोषी पुटिन नै भएको दावी गरे ।शुक्रबार उनले भने, “रुसले युक्रेनमाथि आक्रमण गरेको आज ३८ दिन भइसक्यो, आक्रमणको असर दिन प्रति दिन विश्वभरि फैलिँदै र थप गहिरो पर्दै ग