दरौंदी नदीमा भइरहेकाे ढुङ्गा, बालुवाको उत्खननबाट प्रभावित किसानले दिए बगरमै धर्ना

गोरखा – दरौंदी नदीमा भएको नदीजन्य वस्तु उत्खननले परम्परागत कुलो मासिने जोखिम बढेको भन्दै बेनीखोला र छेवेटारका किसानले उत्खनन रोकेका छन् । दरौंदी नदीको बेनीखोलाघाट र बोहोरोबेसी क्षेत्रमा नदीजन्य वस्तु उत्खननका लागि गोरखा नगरपालिकाले ठेक्का लगाएको छ । तर यस क्षेत्रमा नदीजन्य सामग्री झिक्दा नदी गहिरो हुने र कुलोको मुहानमाथि पर्दा समस्या देखिन थालेको किसानको भनाइ छ । यही कारण नदीजन्य सामग्री उत्खननको काम रोक्नुपरेको सुन्तले बोहोराबेसी कुलो उपभोक्ता समितिका अध्यक्ष कृष्णजी थापामगरले बताउनुभयो । गोरखा नगरपालिकाले...