प्रथम रानाथारू भाषा-साहित्य सम्मेलन सम्पन्न

धनगढी : ‘प्रथम रानाथारू भाषा-साहित्य सम्मेलन-२०८०’ शनिवार धनगढीमा सम्पन्न भएको छ।राना कला संस्कृति संरक्षण तथा विकास मञ्चको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा उक्त सम्मेलन गरिएको संयोजक पदम रानाले जानकारी दिएका छन्।कार्यक्रममा रानाथारूको संस्कृतिको कार्यपत्र डा. जीवन राना, रानाथारू इतिहासको कार्यपत्र डा. नरेश राना, रानाथारू भाषाको अवस्थाको कार्यपत्र कमलसिंह रानाले प्रस्तुत गरेका थिए।रानाथारू भाषाको पहिलो किताब (जगनकृत गीतमाला)का प्रकाशक जगना राना, समाजका संस्थापक लालबहाद