सूर्य थापालाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले प्यूठान जिल्लाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेकपा एमालेका सूर्य बहादुर थापालाई स्पष्टीकरण सोधेको छ । निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको पाइएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने व्यवस्था रहेपनि उम्मेदवार थापाले आफ्नो निर्वाचन प्रचारप्रसारको लागि बालबालिकाको प्रयोग गरेको कार्य निर्वाचन आचारसंहिता प्रतिकूल रहेको ठहर आयोगले गरेको छ ।उनलाई २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फ

सम्बन्धित सामग्री

भेल्लु बाजेलाई दुई हजार दिएर भोट मगाएकाे आरोपबारे के भन्छन् सूर्य थापा ?

बुढाको दाबी सही हो भने, एमालेले पैसा दिएर भोट मगाउनु निर्वाचित आचारसंहिताविपरीतको काम हो । निर्वाचन आयोगले उम्मेदवार थापालाई स्पष्टीकरण सोध्न सक्छ

एमाले उम्मेदवार सूर्य थापा र जुली महतोलाई आयोगले सोध्यो प्रष्टिकरण

काठमाडौँ – निर्वाचन आयोगले एमालेका दुई उम्मेदवारलाई आचार संहिता उल्लंघन गरेको भन्दै प्रष्टिकरण सोधेको छ। शनिबार आयोगले प्रतिनिधिसभा धनुषा क्षेत्र नं ३ की उम्मेदवार जुलीकुमारी महतो र प्युठानका उम्मेदवार सूर्य थापालाई २४ घण्टे स्पष्टीकरण सोधेको हो। महतोले आफ्नो गाडीको पछाडि चुनावी फ्लेक्स टाँसेर निर्वाचन आचारसंहिताविपरीत प्रचार गरेको दाबी गर्दै आयोगले २४ घण्टाभित्र जवाफ दिन भनेको […]

एमालेका सूर्य थापा र महतोलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले नेकपा (एमाले)का दुई जना उम्मेदवारलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले आचारसंहिता उल्लघन गरेको महतोलाईभन्दै प्यूठान जिल्लाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका सूर्यबहादुर थापालाई र धनुषा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार जुलीकुमारी महतोलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको श्रव्यदृश्य सामग्री प्रयोग गरेको भन्दै […]