अमेरिकी डलर हालसम्मकै उच्च दरमा विनिमय

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कारोबार भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदर अनुसार बिहीबार एक डलरको मूल्य बिक्रीदरतर्फ १३३ रुपियाँ ९६ पैसामा कारोबार भएको छ भने खरिददर पनि १३३ रुपियाँ ३६ पैसामा कारोबार भएको छ । बुधबार यो बिन्दुमा पुगेको डलरको विनिमय बिहीबार पनि कायम भएको हो । डलरको मूल्यमा नयाँ नयाँ रेकर्ड ब्रेक भइरहँदा नेपाली मुद्राको अहिलेसम्मकै अवमूल्यन भएको छ ।

सम्बन्धित सामग्री

अमेरिकी डलर अहिलेसम्मकै उच्च,नेपाली रुपैयाँ कमजोर बन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ। नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ (विनिमय दर) लगातार बढेर हरेक दिन नयाँ रेकर्ड बनाउन थालेको हो।...

उच्च शिक्षाका लागि अमेरिका पुगेका सम्भव थपलिया, जो व्यापारमा चम्किए

उच्च शिक्षाका लागि अमेरिका पुगेका सम्भव थपलियाले स्थापना गरेको ‘जेबेक’ कम्पनीको बजार मूल्य ६० मिलियन अमेरिकी डलर पुगेको छ । अमेरिका पुगेर स्टार्ट अपकारूपमा सुरू गरिएको ‘जेबेक’को बजार मूल्य ६० मिलियन डलर अर्थात ७ अर्ब रुपैयाँ पुगेको हो ।‘जेबेक’ अन्य कम्पनीहरूसँग साझेदारी गरेर ती कम्पनीका कर्मचारीलाई ‘रियलटाइम’ तलब दिने नवप्रवर्तनात्मक कम्पनी हो । ‘अमेरिकामा सरसापट चल्दैन । पैसा चाहिएपछि महँगो ब्याजमा ऋण लिनुको विकल्प हुँदैन,’ सम्भव भन्छन

अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो डलरको भाउ

विदेशी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार बुधबार एक अमेरिकी डलर खरीद गर्न नेपालीले कम्तिमा एक सय २६ रूपैयाँ ३४ पैसा तिर्नुपर्ने भएको छ।...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, अमेरिकी डलर अहिलेसम्मकै उच्च

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ ५६ पैसा र बिक्री दर १२५ रुपैयाँ १६ पैसा रहेको छ। अमेरिकी डलर बढेर एक डलरको बिक्री दर १२५ नाघेको छ ।यस्तै युरो एकको खरिद दर १३० रुपैयाँ ३३ पैसा र बिक्री दर १३० रुपैयाँ ९५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ८४ पैसा र बिक्री दर १५२ रुपैयाँ ५८ पैसा रहेको छ

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि, कतिले बढ्यो ?

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असोज मसान्तमा पेट्रोलियम पदार्थको मुल्य १०४.८ प्रतिशतले वृद्धि भएको छ ।  अन्तर्राष्ट्रिय बजारमा २०७७ असोज मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ४१.३४ रहेको कच्चा पेट्रोलियम पदार्थको मूल्य २०७८ असोज मसान्तमा १०४.८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ८४.६७ पुगेको राष्ट्र बैंकले जनाएको छ ।  त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७७ असोज मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १९०५.०५ रहेकोमा २०७८ असोज ...

सेप्टेम्बरमा अमेरिकी व्यापार घाटा ८०.९ अर्ब अमेरिकी डलर

वासिङ्टन– अमेरिकी अग्रिम अन्तर्राष्ट्रिय व्यापार घाटा सेप्टेम्बरमा उच्च रेकर्ड भई ८०.९ अर्ब अमेरिकी डलर पुगेको अमेरिकी वाणिज्य विभागले बिहीबार जानकारी गराएको छ । यो तथ्याङ्कले ढुवानीभन्दा अगाडि गरिएको भुक्तानीलाई जनाउँछ र यो ११ प्रतिशतको वृद्धि हो । “अमेरिकी तथ्याङ्क विभाग र अमेरिकी आर्थिक विश्लेषण विभागले सेप्टेम्बर महिनामा समान तथा सेवा घाटा ८०.९ अर्ब अमेरिकी डलर […]

अमेरिकी व्यापार घाटा ८०.९ अर्ब अमेरिकी डलर

अमेरिकी अग्रिम अन्तर्राष्ट्रिय व्यापार घाटा सेप्टेम्बरमा उच्च रेकर्ड भई ८०.९ अर्ब अमेरिकी डलर पुगेको अमेरिकी वाणिज्य विभागले बिहीबार जानकारी गराएको छ । यो तथ्याङ्कले ढुवानीभन्दा अगाडि गरिएको भुक्तानीलाई जनाउँछ र यो  ११ प्रतिशतको वृद्धि हो । “अमेरिकी तथ्याङ्क विभाग र अमेरिकी आर्थिक विश्लेषण विभागले सेप्टेम्बर महिनामा समान तथा सेवा घाटा ८०.९ अर्ब अमेरिकी डलर भएको घोषणा गरेको छ । अगस्तमा यो घाटामा ८.१ अर्ब अमेरिकी डलरबाट बढेर ७२.८ अर्ब अमेरिकी डलर पुगेको थियो ।” विभा

विश्व बैंकले नेपाललाई ६ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण दिने

काठमाडौँ– विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवर्द्धन’ कार्यक्रम’का लागि ६ करोड अमेरिकी डलर अर्थात् करिब रु. सात अर्ब १२ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ। अर्थमन्त्रालयमा आज आयोजित समारोहमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलङ्काका लागि देशीय निर्देशक फारिस हदाद–जार्भोसले सम्झौतापत्रमा हस्ताक्षर गरे। […]

मेटलाइफले दियो कोभिड प्रभावित असहायका लागि ५० हजार अमेरिकी डलर अनुदान

काठमाडौं । मेटलाइफ फाउन्डेसनले अमेरिका नेपाल मेडिकल फाउन्डेसन (ए.एन.एम.एफ.)लाई कोभिड–१९ को संकटबाट प्रभावित असहाय व्यक्तिहरुका लागि आवश्यक चिकित्सा सेवा प्रदान गर्न ५० हजार अमेरिकी डलर अनुदान दिने भएको छ । ए.एन.एम.एफ. सन् १९९७ देखि देशमा विशिष्ट स्वास्थ्य सेवालाई टेवा पु¥याउने दृष्टिकोणका साथ नेपाली चिकित्सकहरूद्वारा स्थापना गरिएको एक गैर–नाफामूलक संस्था हो ।सो अनुदानले ए.एन.एम.एफ.लाई देशका विभिन्न स्थानमा संचालित आइसोलेशन केन्द्र तथा अस्पतालहरुमा उच्च बहावको अक्सिजन उपकरण त