इजरायल-प्यालेस्टाइन युद्ध : संयुक्त राष्ट्रसंघको वक्तव्य अमेरिकाले यसै साता तेस्रोपटक रोक्यो

अल जजिरा। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को जारी इजरायल-हमासबीच तुरन्त युद्धविरामको आह्वान गर्ने वक्तव्यलाई अमेरिकाले यसै साता तेस्रोपटक रोकेको छ। गाजा क्षेत्रमा जारी युद्धमा हालसम्म ५८ बालबालिकासहित २०० जनाको ज्यान गइसकेको छ। गाजामा हमास समूहलक्षित कारवाही बताउने इजरायलको सैन्य प्रतिक्रियाको निन्दा गरी युद्धविरामको आह्वानको निर्णय अमेरिकाले भिटो प्रयोग गर्दै रोकेको थियो।