विगत तीन दशकदेखि उन्नत नश्लको प्रयोग गरी सञ्चालन गरिएका प्राकृतिक तथा कृत्रिम गर्भाधान कार्यक्रमको प्रभावले उन्नत नश्लको गाई र भैंसीको सङ्ख्यामा उल्लेख्य वृद्धि भई दूध उत्पादन तथा उत्पादकत्वमा क्रमशः वृद्धि हुँदै गएको अर्थ मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म दूधको उत्पादन १७ लाख ३९ हजार मेट्रिक टन पुगेको हो । आर्थिक वर्ष २०७७/७८ मा त्यस्तो उत्पादन २४ लाख ८० हजार मेट्रिक टन रहेको थियो।त्यस्तै आर्थिक वर्ष २०७८/७९ फागुनसम्म १ अर्ब ८ करोड ३२ लाख गोटा अण्डा उत्पादन भएको छ। आर