जिल्ला प्रहरी कार्यालय लमजुङले २२० केभी राष्ट्रिय प्रसारण लाइन निर्माणमा अवरोध गरेको भन्दै आइतबार चार जनालाई नियन्त्रणमा लिएको छ । लमजुङका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले दोर्दी गाउँपालिका(१, ढोकेबेंसीमा राष्ट्रिय प्रसारण लाइन निर्माण गर्ने क्रममा तार टाँग्दै गर्दा डोरी काटेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो । डिएसपी कार्कीका अनुसार उनीहरूले प्रसारण लाइनको एउटा गाडीमा पनि तोडफोड गरेका छन् । पीडितले २२० केभी प्रसारण लाइनमुनि आफ्नो घरजग्गा रहेको र प्रभावित भए पनि पीडितको