ओली सरकारले जेठ ८ पछि गरेका नियुक्ति खारेज गर्ने प्रचण्ड र देउवाबीच सहमति

काठमाडौं। अघिल्लो सरकारले असंवैधानिक ढंगले गरेका सबै नियुक्तिहरु खारेज गर्ने निर्णय सरकारले गरेको छ। मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटवार्तामा सो निर्णय गरिएको जनाइएको छ। भेटवार्तामा साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्नेबारे पनि छलफल भएको प्रचण्ड निकट स्रोतले जनाएको छ। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले झण्डै ३दर्जन नियुक्ति गरेको थियो।

सम्बन्धित सामग्री

संवैधानिक निकायमा ओलीले गरेका सबै नियुक्ति खारेज गर्ने सहमति

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केपी ओली नेतृत्वले अध्यादेश ल्याएर संवैधानिक निकायमा गरेको नियुक्ति खारेज गर्ने सहमति भएको छ। केहीबेर अघि प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच भएको छलफलमा उक्त सहमति जुटेको हो। प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘उहाँहरुबीच ओली नेतृत्वले गरेको असंवैधानिक नियुक्तिलाई एकमुष्ट सच्याउने सहमति भएको छ। अब […]

जेठ ८ यताका सबै नियुक्ति खारेज गर्न देउवा र प्रचण्ड सहमत

पूर्ववर्ती सरकारले गत जेठ ८ यता गरेका सबै नियुक्ति वर्तमान सरकारले खारेज गर्ने भएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको भेटमा यस विषयमा सहमति जुटेको हो ।  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ८ गते संघीय संसदको प्रतिनिधि सभा दोस्रो पटक विघटन सिफारिस गरेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचनको मिति घोषणा गर्न लगाएका थिए । ओलीले गरेको संसद् विघटनको सिफारिस सर्वोच्च अदालतले बदर गरेर नयाँ सरकार बनिसकेको अवस्थामा संस...

प्रचण्डसँग वदला लिदै ओली, अष्ट्रेलियाका लागि राजदूत दाहाल फिर्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवदी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड निकटका नियुक्ति खारेज गर्न थालेको छ। त्यस्को पछिल्लो कदमका रुपमा दुई वर्ष कार्यकाल बाँकी छँदै अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश ...

सडकमा नाराबाजी गर्दै प्रचण्ड: केपी तेरो पाराले, दु:ख पायो साराले! (भिडिओ)

सातदोबाटो चोकमा प्रचण्ड सहभागी नाराबाजीमा प्रदर्शनकारीले 'काम चलाउ म्यादी सरकार मुर्दावाद', 'असंवैधानिक नियुक्ति खारेज गर', 'राष्ट्रघाती होसियार', 'गणतन्त्र जिन्दावाद'  'केपी तेरो पाराले दु:ख पाए सारा'ले जस्ता नारा लगाएका थिए। जुलुसमा प्रचण्डले पनि नाराबाजी गरेका थिए।