मेयरमा उम्मेदवारी दिदै समीक्षा बास्कोटाले भनिन्–काठमाडौं वैकल्पिक राजनीतिको केन्द्र बन्दैछ

विवेकशील साझाको तर्फबाट काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएकी समीक्षा बास्कोटाले काठमाडौं महानगर वैकल्पिक राजनीतिको केन्द्र बन्ने बताएकी छन् । आइतबार आफ्नो उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै बास्कोटाले काठमाडौं महानगरबासीले परिवर्तन चाहानुभएकाले विवेकशीलका उम्मेदवारलाई विजयी गराउनेमा आफू ढुक्क रहेको बताइन् ।‘परिवर्तनको संवाहक अव महानगरबासीले देखाइदिनु हुनेछ र वैकल्पिक किल्ला पनि बन्नेछ काठमाडौं’, उनले भनिन्, ‘किनभने काठमाडौं महानगरमा बैकल्पिक राजनीत