गठबन्धन सरकार बनाउन तीन दिनको समय

प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएलगत्तै गठबन्धन सरकार निर्माणको प्रक्रिया अघि बढेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझबाट लागू हुने गरी संविधानको धारा ७६ (२) अनुसार गठबन्धन सरकार निर्माणका लागि राजनीतिक दललाई बिहीबार साँझ ९ बजेसम्म दाबी पेस गर्न समयसीमा तोकेकी छन् ।

सम्बन्धित सामग्री

वित्तीय संकट पार लगाउने अर्थमन्त्रीको खोजी गर्दै श्रीलंकाली सरकार

जेठ ७, कोलम्बो। आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा राजनीतिक तथा वित्तीय संकटबाट मुक्त गराउने जिम्मेवारी पाएको सर्वदलीय सरकारले शुक्रवार मन्त्रीमण्डल बिस्तार गरेको छ ।            पछिल्लो मन्त्रीमण्डलमा अर्थमन्त्रीबाहेक नौ जना मन्त्रीहरूलाई नियुक्त गरिएको छ ।            राष्ट्रपति गोताबाय राजापाक्षका जेठा दाइ महिन्दा राजपाक्षले श्रीलंकको अर्थतन्त्रलाई संकटको सँघारसम्म पुर्‍याएको आरोप लागेको छ । उनको प्रशासनलाई दोषी ठहर्‍याएपछि प्रधानमन्त्री रनिल विक्रेमासिंघले यस महीनाको शुरुमा प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गरेका थिए ।            विक्रमासिंघले अघिल्लो मन्त्रिमण्डल विघटन भएपछि गठबन्धन सरकार बनाउने प्रतिबद्धता गर्दै नेतृत्व सम्हालेका थिए ।            कोलम्बोमा उनको कडा सुरक्षा रहेको सरकारी निवासमा राष्ट्रपति गोताबाया राजपाक्ष सामु स्वास्थ्य, शिक्षा र न्यायका लागि नयाँ मन्त्रीहरूलाई शपथ खुवाइएको छ ।            मुख्य विपक्षी ‘समागी जन वालवेगया (एसजेबी) पार्टी’ का दुई विधायकले नयाँ सरकारमा सामेल हुन आफ्नो दलबाट राजीनामा दिएका छन् । अर्को विपक्षी दल ‘श्रीलङ्का फ्रिडम पार्टी’ ले पनि राष्ट्रपति राजपाक्षलाई समर्थन गर्न सहमति व्यक्त गरेको छ र उसलाई नयाँ मन्त्रीमण्डलमा सामेल गरिएको छ ।            कर्जाका लागि अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग प्रमुख वार्ताका लागि जिम्मेवारीसहित आउने अपेक्षा गरिएको अर्थमन्त्रीको जिम्मेवारी भने नयाँ मन्त्रीमण्डल बिस्तार हुँदा पनि खाली राखिएको छ । श्रीलङ्कामा प्रतिकूल आर्थिक संकट र राजनीतिक संकट गहिरिंदै गएपछि केहि दिनको कार्यकालपछि यहाँका वित्तमन्त्री अलि सावरीले पदबाट राजीनामा दिएका थिए । अहिले बहुपक्षीय कर्जादाता निकाय आईएमएफले श्रीलंकासँग वित्तीय उद्धारबारे वार्ता गरिरहेको छ । प्रधानमन्त्रीको कार्यालयका अनुसार उक्त जिम्मेवारीका लागि अर्को हप्तासम्म लाग्नेछ ।  अर्थमन्त्रीको नियुक्तिमा ढिलाइ हुँदा आईएमएफसँग वार्ताका लागि बाधा पुग्नसक्ने श्रीलङ्काको केन्द्रीय बैंकका प्रमुखले बिहीवार चेतावनी दिएका थिए । श्रीलंकाले हालैमात्र बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकबाट १६ करोड डलर पाएको छ । खाद्यान्न, इन्धन र औषधिजस्ता अत्यावश्यक आयातलाईसमेत धान्न नसक्ने अवस्थामा रहेको श्रीलंका सरकारले विदेशी मुद्राको अत्यधिक अभाव झेलिरहेको छ ।            २ करोड २० लाख जनसंख्या भएको यस एशियाली मुलुकले महीनौंदेखि गम्भीर आर्थिक कठिनाइ भोग्दै आएको छ । श्रीलंकाले अहिले दशकौं यताकै चरम आथिक संकट भोगिरहेको छ ।       उपभोक्ताले पेट्रोल, डिजेल र खाना पकाउने ग्यास पाउन सकेका छैनन् भने चामल पीठोजस्ता आधारभूत खाद्यान्नजस्ता सामानसमेतको अभाब झेलिरहेका छन् । यस देशमा लामो समयदेखि मुद्रास्फीति र दैनिकरूपमा आवश्य बिजुलीको पनि अभाव हुँदा घण्टौं लामो लोडसेडिङ् पनि भइरहेको छ ।            पेट्रोल अभावले देशभर यातायात सेवामा समस्या भएकाले सरकारले साप्ताहिक विदाबाहेक शुक्रवार पनि कार्यालय र विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।            अधिकारीहरूले भने सरकारले यस हप्ता कोलम्बो बन्दरगाहमा आइपुगेको पेट्रोल ढुवानीको लागि आवश्यक ५ करोड ३० लाख अमेरिकी डलर जुटाएको दावी गरेका छन् । सप्ताहन्तमा खुद्रा रूपमा आधारभूत सामानहरूको आपूर्ति गर्न (पम्पिङ स्टेसनहरू) खोल्न सकिने बताइएको छ ।            श्रीलङ्काको केन्द्रीय बैंकले बिहीवार मुलुकको ५१ अर्ब डलरको बाह्य कर्जा पुनर्संरचना ग्यारेन्टी नभएसम्म कम्तीमा अर्को छ महीनाका लागि वैदेशिक ऋण चुक्ता गर्न नपाउने घोषणा गरेको छ ।  एजेन्सीहरु

माओवादी केन्द्रको बैठक आइतबारसम्म स्थगित

नेकपा माओवादी केन्द्रको बैठक पर्सी आइतबारसम्म स्थगित भएको छ । आजको बैठकमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए । दुई नेताको सम्बोधन सकिएसँगै बैठक आइतबार बिहान ११ बजेसम्म स्थगित भएको घोषणा गरियो । पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी संगठनका साथै वर्तमान राजनीतिक समसामयिक विषयमा ब्रिफिङ गर्नुका साथै अर्का नेता नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राखेर बैठक समापन भएको हो । पहिलो दिनको बैठकमा अध्यक्ष प्रचण्डले एमसीसी, गठबन्धन सरकार, स्

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेद्धारा एक सय दिनका उपलब्धि सार्वजनिक

हेटौंडा, माघ २१ । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफू नेतृत्वको सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गर्नुभएको छ । गठबन्धन सरकार बनेको एक सय दिनमा गरेका उपलब्धिहरूलाई मुख्यमन्त्री पाण्डेले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नुभएको हो । पाण्डेले सार्वजनिक गरेको उपलब्धिमा मन्त्रालय विभाजन, सार्वजनिक बिदादेखि निःशुल्क रक्तसञ्चारसम्मलाई उल्लेख गरिएको छ । पाण्डेले सार्वजनिक गरेको उपलब्धिको […]

बागमती प्रदेश गठबन्धन सरकारको १०० दिन पूरा

काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफू नेतृत्वको सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन्। मुख्यमन्त्री पाण्डेले शुक्रबार पत्रकार सम्मेलन गरि गठबन्धन सरकार बनेको सय दिनको उपलब्धिहरू सार्वजनिक गरेका हुन्।

देउवा सरकार सय दिनमै असफल : एमाले नेता नेम्बाङ

इलाम : नेकपा एमालेका उपनेता सुवासचन्द्र नेम्बाङले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार सय दिनको अवधिमै असफल भइसकेको बताएका छन्।उनले देउवा सरकार परमादेशको सरकार भएको बताउँदै ८८ दिनमा सरकारलाई पूर्णता दिए पनि विस्तारित मन्त्रिपरिषद्‍ ३ दिनसम्म पनि नटिकेको आरोप लगाए।एमालेको प्रथम माई नगर अधिवेशन उद्घाटन गर्दै भूमि आयोग, सडक योजना, बजेट होलिडेका नाममा जनमैत्री योजना खारेज गरेर देउवा सरकारले जनविरोधी काम गरेको आरोप नेम्बाङले लगाए।उनले वर्तमान सरकार जनादेशबाट नआएको

१५ महिनापछि यो सरकार खोजेर भेटिँदैन : केपी ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार अलिक दिनको पाहुनामात्र भएको बताएका छन् । सोमबार युवा संघको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले षडयन्त्रबाट जन्मिएको सरकारलाई सकेसम्म छिटो विदा गर्नुपर्ने पनि बताए ।‘यो सरकार सास्वत होइन, अलिक दिनको पाहुना हो , षडयन्त्रबाट जन्मिएको पाहुना । यसलाई सकेसम्म छिटो विदा गर्नुपर्छ’, ओलीले भने, ‘छिटो विदा गर्न सकिएन भने पनि ७९ सालसम्मको मंसिरमा चुनाव गर्नेपर्छ । भर्याङमुनिको सरकार  । १५ महिनापछि यो सरकार खोजेर पनि कसैले भेट्नेवाला&

ओलीको विकल्प खोज्न विपक्षीलाई २७ दिनको ‘होमवर्क’

विपक्षी दल नेपाली काँग्रेस र माओवादी केन्द्रका नेताहरुमा गठबन्धन सरकार बनाउने आश अझै जीवितै छ । यही आशालाई जगाउन शुक्रबार काँग्रेस, माओवादी र जसपा (उपेन्द्र यादव) पक्षबीच देउवा निवास बूढानीलकण्ठमा छलफल भएको थियो ।बैशाख २७ गते विश्वासको मत गुमाएर प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि काँग्रेस र माओवादीले नयाँ सरकार निर्माणको भगीरथ प्रयत्न गरेका थिए । तर, त्यसबाट काँग्रेस–माओवादी गठबन्धनलाई सफलता हात लागेन । बैशाख ३० गते केपी ओली फेरि संविधानको धारा ७६(३) अनुसार प्रधानमन्त्रीमा नियुक्त

बहुमत पुर्‍याउन राष्ट्रपतिले दिएको समय आज सकिँदै, गठबन्धन सरकार बन्न ‘मुस्किल’

काठमाण्डाै – नयाँ सरकार गठनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आज सकिँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि २७ गते राति नौ बजे राष्ट्रपति भण्डारीले दलहरुलाई बहुमतको सरकार गठनको लागि तीन दिनको अर्थात आज राति नौ बजेसम्मको समय दिनुभएको थियो । तर सरकार गठनको नेतृत्व गर्न तम्सिएको नेपाली कांग्रेसले बहुमत जुटाउन सकेको छैन । ३२ जना सांसद रहेको जनता समाजवादी पार्टी दुई खेमामा विभाजित हुँदा गठबन्धनको नयाँ सरकार बन्ने सम्भावना कम हुँदै गएको छ । जसपाका अध्यक्ष...